नेपालमा प्राय : मानिस चिया वा कफीको साथ हल्का नास्ता गरि दिनको सुरुवात गर्छन् । यदि चिया वा कफी बिना दिन सुरुवात गर्यो भने हामीलाई दिनभर नै केहि कमी भएको महशूस हुन्छ । तर खाली पेटमा हामी के खान्छौं त्यसको ध्यान राख्नु पर्छ । कतिपय समय हामी खाली पेटमा त्यस्ता खानेकुराको सेवन गर्छौं, जुन चिज खाली पेटमा खाँदा हाम्रो स्वास्थको लागि हा-निकारक हुनसक्छ ।
१.धेरै मसाला रहेको खाना
अघिल्लो राति बढी भएको खान कतिपय मानिस बिहान नास्ताको रूपमा खान्छन् । समस्या रातिको खाना खाँदा हैन तर त्यसमा रहेको चिल्लो र बढी मात्रामा रहेको मसलाले खाली पेटमा खाँदा हाम्रो शरीरमा नकारात्मक असर गर्छ । वास्तवमा, खाली पेटमा चिल्लो र मसला बढी भएको खाना खाँदा पेट फुल्ने समस्या आउँन सक्छ । त्यस्तै, धेरै मसला भएको खाना खाली पेटमा खाँदा एसिडिटीको समस्या पनि हुनसक्छ ।
२.कफी
धेरै मानिसहरूको बिहान खाली पेट कफी पिउने बानी हुन्छ, तर यसले हाम्रो पाचन प्रणालीमा हाइड्रोलिक एसिडको उत्पादन बढाउँछ। यसको कारणले गर्दा, ग्यास, पेट फुल्ने, एसिडिटी जस्ता समस्या देखा पर्छ। खाली पेटमा चिया पिउनु पनि हा-निकारक हुन्छ।
३.ड्रिंक्स
खाली पेटमा जुस पिउनु पनि हा-निकारक हुन्छ। वास्तवमा, जुसमा अधिक फ्रुक्टोज हुन्छ, जसले कलेजो र पेनक्रियाजमा समस्याहरू निम्त्याउँछ। पेनक्रियाजस धेरै घण्टा पछि सक्रिय हुन्छ । यस्तोमा, सुगर बढी भएको जुस वा फलफूल खाँदा सम्पूर्ण भार कलेजोमा पर्छ। त्यसैले, बिहान चिनी कम भएको जुस वा फलफूलको सेवन गर्नुपर्छ ।
४.अमिलो फलफूल
साईट्रस फलमा धेरै एसिड हुन्छ। त्यसैले, यी फलहरू बिहान खाली पेटमा खानु हुँदैन। खाली पेटमा यी फलहरू खाँदा पेट फुल्न सक्छ। त्यसैले गर्दा खाली पेटमा अमिलो फलफूल खानी बानी छ भने आजैबाट छुटाउन जरूरी छ ।