मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
तपाइको खर्चमा वृद्धि हुने देखिन्छ। कार्यक्षेत्रमा चुनौतीको सामना गर्नु पर्ला । आर्थिक अवस्था कमजोर हुने देखिन्छ। बोलीमा संयम राख्न जरूरी छ। अनावश्यक वाद-विवादबाट टाढा नै रहनुहोला। पारिवारिक मनमुटावको अवस्था सिर्जना हुनसक्छ। सामाजिक क्षेत्रमा भने सफलता मिल्ने सम्भावना रहेको छ। स्वास्थ्यमा समस्या आउनसक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
परिवारको साथ आनन्दमय समय बित्नेछ। आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ। कार्यक्षेत्रमा विशेष सफलता प्राप्त हुने देखिन्छ। खर्चमा वृद्धि हुनेछ। सुन्दर वस्त्र, स्वादिष्ट एवम उत्तम भोजन तथा सौन्दर्य सामग्री मिल्नाले तपाईंको मन प्रशन्न रहनेछ। आर्थिक आयोजना गर्नको लागि दिन शुभ रहेको छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
बोलीको कारण समस्या आउनसक्छ, ध्यान दिनुहोला। स्वास्थ्यमा समस्या आउनसक्छ, खासगरि आँखा सम्बन्धि समस्या देखा पर्न सक्छ। पारिवारिक कलह तथा मदभेदको स्थिति आउन सक्छ। अत्याधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर रहला। आवेग तथा उग्रताको कारण केहि नराम्रो नहोस्, ध्यान राख्नुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईंको लागि यस लाभदायक हुने देखिन्छ। व्यपार व्यवसायमा लाभ प्राप्त हुने सम्भावना रहेको छ। मित्रहरुको साथ आनन्दमय समय बित्नेछ। आयको स्रोतमा वृद्धि हुनेछ। आकस्मिक धन लाभको योग रहेको छ। यात्राको योग बन्नेछ। आर्थिक आयोजना सफलतापूर्वक पूरा होला। वैवाहिक जीवन सुखमय रूपले बित्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। तपाईंको आत्मविश्वास तथा मनोबल बढ्नेछ। पदोन्नतीको योग रहेको छ। बुवासँग सम्बन्धमा सुधार आउनेछ साथै भरपूर सहयोग प्राप्त हुनेछ। वाहन तथा घर-जग्गा खरिद-बिक्रिको लागि समय उत्तम रहेको छ। शारीरिक तथा मानसिक स्वस्थ राम्रो रहनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईंको लागि यस दिन प्रतिकूल रहने देखिन्छ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। कर्यक्षेत्रमा उच्च पदाधिकारी तथा सहकर्मीसँग खटपट हुनसक्छ। सन्तानको स्वास्थ्यलाई लिएर मन चिन्तित रहला। शत्रु तथा प्रतिस्पर्धीसँग सावधान रहन जरूरी देखिन्छ। परिवारसँग मनमुटावको स्थिति सिर्जना हुनसक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आफ्नो वाणी तथा क्रोधमा संयम राख्नुहोला। शत्रु तथा प्रतिस्पर्धीसँग सावधान रहन जरूरी देखिन्छ। आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ। स्वास्थ्यमा समस्या आउनसक्छ, ध्यान राख्नुहोला। रहस्यमय तथा गूढ विद्यातर्फ रुचि बढ्नेछ। अनावश्वायक वाद-विवादबाट बच्नुहोला।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
तपाईंको यस दिन शुभ रहने देखिन्छ। साथी-भाईसँगको रमणीय भेटले मन प्रशन्न रहनेछ। वाहन सुख प्राप्त होला। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। सामाजिक मान-प्रतिष्ठामा वृद्धि हुनेछ। यात्राको योग बन्नेछ। नयाँ वस्त्र प्राप्त हुनेछ। शारीरिक तथा मानसिक स्फूर्तिको महशुस हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तपाईंको लागि यस दिन अनिकूल रहनेछ। परिवारमा आनन्दमय वातावरण रहनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। व्यापार व्यवसायमा समय अनुकूल रहेको छ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। महिलाको माइती पक्षबाट शुभ समाचार प्राप्त होला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
शारीरिक थकान तथा मानसिक तनाबको महशुस हुनेछ। कार्यक्षेत्रमा चुनौतीको सामना गर्नुपर्ला। उच्च पदाधिकारीसँग मनमुटावको अवस्था सिर्जना हुनसक्छ। सन्तानको स्वास्थ्यलाई लिएर मन चिन्तित रहनेछ। मनमा नकारात्मक सोच उत्पन्न होला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या आउनसक्छ। सामाजिक मान-प्रतिष्ठामा आँच आउला, ध्यान राख्नुहोला। आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ। आमाबाट लाभ प्राप्त होला। घर-जग्गा तथा वाहन खरिद-बिक्रिको लागि समय उत्तम छैन। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहेको छ। आर्थिक आयोजना पानो सफलतापूर्वक पूरा हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
साथी-भाईसँगको भेटले मन प्रशन्न रहनेछ। यात्राको योग बन्ने देखिन्छ। दाजु-भाईसँगको सम्बन्धमा सुधार आउनेछ। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ। शारीरिक तथा मानसिक प्रफुल्लताको अनुभव गर्नुहुनेछ। कार्यक्षेत्रमा विशेष लाभ प्राप्त होला। सृजनात्मक शक्तिमा वृद्धि हुनेछ।