रुसपछि चीनले पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएको छ। रुसले कोरोना विरुद्धको भ्याक्सिन तयार परेको घोषणा गरे लगत्तै चीनले पनि कोरोना विरुद्धको भ्याक्सिन बनाएको छ। चीनले उक्त भ्याक्सिन पहिला सेनामा प्रयोग गर्न अनुमति दिएको छ।
क्यानसिनो बायोलजिक्सको नामक भ्याक्सिन सिमित परिमाणमा मात्र प्रयोग गर्न चीनले स्वीकृति दिएको छ। यो भ्याक्सिन दर्तापछि चिनिया जनमुक्ति सेनामा प्रयोगको लागि उपलब्ध गराएको छ।
रुसले पनि केहि दिन अघि मात्र स्पुटनिक-५ नामक भ्याक्सिन दर्ता गरेर सर्वसाधारणमा प्रयोग गर्न अनुमति दिइसकेको छ। उक्त भ्याक्सिनको प्रयोग रसियन राष्ट्रपतिकी छोरीमा पनि गरिएको थियो। जसको कारण उनको शरीरमा एन्टीबडीहरु बन्न थालेको बताइएको छ।