आफ्नी सौतेनी छोरी साराको बर्थडेमा करिना कपूरले यसरी गरिन विश!

सैफ अली खानको छोरी  सारा अली खानले  १२ अगस्टमा आफ्नो २५ औँ जन्मदिन मनाईरहेकी थिइन् । यस खास मौकामा फ्यानले सारालाई बधाई दिईरहेका थिए । सेलिब्रिटीले उनको स्वास्थ्य र प्रगतिको  कामना गरेका थिए । यसैबीच सारा अली खानलाई सबैभन्दा  स्पेशल तरिकाले   बर्थडे विश उनको स्टेप मम  अर्थात् सौतेनी आमा करीना कपूर खानले गरिन्।

करीना कपूर खानले आफ्नो इंस्टाग्राम अकाउंटबाट एक विशेष  तस्विर पोस्ट गरिन्। जुनमा सानी सारा आफ्नो पिता सैफ अली खानको काखमा रहेकी छन्। सराको हातमा भेलपूरी रहेको  प्लेट थियो । जसलाई उनी आफ्नो पितालाई खुवाईरहेकी छन् । यस तस्विरलाई शेयर गरेर करिनाले क्याप्शनमा लेखिन् ,”ह्याप्पी  बर्थडे सुन्दरी सारा अली खान, धेरै पिज्जा खाउ। ” यसका साथै करीनाले लब  इमोजी पनि शेयर गरेकी छन ।

करीना कपूरको यस पोस्टलाई फ्यानले निकै मन पराएका छन्।  साथै साराले आफ्नो बुबालाई गरेको माया देखेर फ्यान चकित परेका छन्। कामको कुरा गर्दा सारा अली खानको फिल्म  केहि  समय पहिले लव आजकल रिलीज भएको थियो। यस फिल्मलाई इम्तियाज अलीले निर्देशन गरेका थिए। सारा अब आफ्नो फिल्म  कुली नं १ लाई लिएर चर्चामा आएकी छन्।  यो फिल्म  गोविंदा र करिश्मा स्टारर फिल्म कुली नं  १ को रीमेक हो।

प्रकाशित : बिहिबार, साउन २९, २०७७०९:१६

म्युजिक भिडियोमा खेलाउने भन्दै काठमाडौमै १५ वर्षीया किशोरी ब-ला’त्कृत!