बलिउड अभिनेता संजय दत्तलाई सास फेर्न गार्हो भएपछि केहि दिन अगाडी उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको थियो। सास फेर्न समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए। उनको फोक्सोमा पानी जमेको थियो। पानी निकालेपछि गरिएको परिक्षणमा संजयलाई तेस्रो स्टेजको क्यान्सर भएको थाहा भयो। अब उनि उपचारको लागि अमेरिका जानेछन्।
संजय दत्तको श्रीमती मान्यता दत्तले बयान जारी गरेर अभिनेतालाई छिटो भन्दा छिटो ठीक हुने कामना गरेकी छन्। मान्यताले आफ्नो बयान जारी गर्दै लेखेकी छिन्,”म सबैलाई धन्यवाद दिन चाहन्छु, जसले संजुको शिघ्र स्वास्थ्य हुने शुभकामना व्यक्त गरेका छन्। हामीलाई यस समयबाट निक्लिनको लागि निकै तागत र प्राथनाको जरुरत छ। अघिल्लो केहि वर्षदेखि हाम्रो परिवार कठिन समयबाट गुज्रिएको छ तर मलाई विस्वास छ कि यो पनि गुज्रिनेछ ।”
मान्यताले फ्यानलाई रिक्वेस्ट गर्दै भनिन् , ‘संजूको प्रशंसकसँग मेरो अनुरोध छ कि कुनै पनि हल्लालाई विस्वास नगर्नुहोला। संजु सधैँ एक फाइटर रहेका छन्। अगाडिको चुनौतीबाट निक्लिनको लागी भगवानले हामीलाई फेरि परिक्षा लिनको लागि रोजेको छ। हामी तपाईको प्रार्थना र आशीर्वाद चाहन्छौ।’
संजय दत्तको फिल्म ‘सडक २’ डिज्नी प्लस हटस्टारमा २८ अगस्टमा रिलीज हुन गईरहेको छ। यस फिल्मको ट्रेलर १२ अगस्टमा सार्वजनिक भएको थियो।