विद्या बालन भन्छिन् – ‘मलाई यस्तो काम गर्न सजिलो लाग्छ’

बलिउड अभिनेत्री विद्या बालन आदर्श या सिद्दान्तमा चल्नुको सट्टा आफ्नो दिलको कुरा सुन्न बढी मन पराउँछिन्। उनी मानिसलाई आफूलाई स्वाभाविक नलाग्ने काम गर्न उत्प्रेरित गर्छिन् चाहे त्यो द-र्दनाक नै किन नहोस्। यसको महसुस उनलाई केही वर्ष भएको थियो। एक साक्षात्कारमा विद्याले आफूले करीब १० वर्ष अघि देखि मन भित्रको आवाज सुन्न लागेको र त्यसको अनुसरण गर्न सुरु गरेको बताइन्। उनलाई के तपाई वि-द्रोही हुनुहुन्छ भनेर प्रश्न गर्दा उनी यसरी जवाफ दिन्छिन् – ‘म स्वयमलाई वि-द्रोहीको रुपमा देख्दिन। मेरो विचारमा जब कुनै मान्छे कुनै मानिसको इच्छा विपरित काम गर्छन् उनीहरुलाई अक्सर वि-द्रोही करार गरिन्छ। मैले त्यही गरे जुन म गर्न चाहन्थी।’

सानो पर्दामा ‘हम पन्छी’ मा अभिनयपछि विद्याले सन् २००५ मा फिल्म ‘परिणीता’ बाट बलिउडमा प्रवेश गरेकी थिईन्। त्यसपछि उनले थुप्रै त्यस्ता फिल्ममा काम गरे जुन ट्राक भन्दा बाहिर थिए। चाहे त्यो ‘पा’ मा अमिताभ बच्चनको आमाको भूमिका नै किन नहोस् अनि डर्टी पिक्चर, तुम्हारी सुलु र हालै रिलिज भएको शकुन्तला देवीमा निभाएको भूमिका नै किन होस्। जब कामको कुरा आउँछ, विद्या आफ्नो फैसला स्वयम् गर्न मन पराउँछिन् र उनी कसैसँग पनि आफ्नो काम बारेमा चर्चा गर्दिनन्। उनी आफ्नो फिल्मी कामको चर्चा आफ्नो टिमसँग पनि गर्दिनन्।

अभिनेत्री विद्या बालन अहिले हालै ओटिटीमा रिलिज भएको फिल्म ‘शकुन्तला देवी’ को कारण चर्चामा छिन्। साथै उनको एक अर्को फिल्म ‘शेरनी’ पनि उनको अनौठो भूमिकाको कारण खुब चर्चा बटुलिरहेको छ। यस फिल्मका निर्देशकले सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार यसको बाँकी शूटिङ अक्टोबर महिनाबाट सुरु गर्ने तयारी छ।

प्रकाशित : बिहिबार, साउन २९, २०७७११:०३

कुनै समय निजी जेट र होटल किन्न चाहने रिया अहिले सुशान्त केसमा धाउदैछिन अदालत,!