काठमाडौँमा थपिए १२७ कोरोना संक्रमित, देशभर ५२५ जनामा पुष्टि!

काठमाडौँ, साउन २९। पछिल्लो २४ घण्टामा नेपालमा थप  ५२५  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २४ हजार ९५७ पुगेको छ ।

काठमाडौँ उपत्यकामा थप  १२७  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा मात्र १११ जना सङ्क्रमित थपिएका छन भने ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय कोरोना भाइरस मुक्त भएर १०९ जना घर फर्किएका छन् । हालसम्म १६ हजार  ८३७ जना निको भई घर फर्किएका छन् । ६८ प्रतिशत कोरोनाबाट ठीक भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित : बिहिबार, साउन २९, २०७७११:०२

आजदेखि बुटवलमा लकडाउन!