बलिउड अभिनेता संजय दत्त अहिले तेस्रो स्टेजको क्या-न्सरसँग लडिरहेका छन्। संजयले यो भन्दा पहिला पनि स्वास्थ्य समस्याको सामना गरिसकेका छन्। संजयले आफ्नो जिन्दगीमा योभन्दा पनि नराम्रो समय देखेका छन्। केहि वर्ष पहिले सिमी ग्रेवालको च्याट शोमा संजयले त्यस समयलाई याद गरेका थिए जब उनलाई ड्र-ग्सको लत लागेको थियो । १७-१८ वर्षको उमेरमा उनको लागि ड्र-ग्स नै सबैथोक हो भन्ने थियो। कसैले उनलाई एकपटक कोसिस गर्नको लागि भनेका थिए तर यसले उनको जिन्दगीको ९ वर्ष बर्बाद गर्यो ।
एक इन्टरभिउमा संजयले भनेका थिए ,”मैले हरेक ड्र-ग्सको न-शा लिए तर हि-रोइन र को-कीन निकै मन पर्थ्यो । एक समयको कुरा हो मैले एलएसडी (साइकेडेलिक ड्र-ग) ड्र-ग्सको न-शा लिएको थिए। पिताजी (सुनील दत्त) ले मलाई आफ्नो अफिस बोलाउनु भयो। म त्यहाँ समय मै पुगे। उहाँ मेरो अगाडी बसेर कुराहरु सिकाउदै हुनुहुन्थ्यो तर मैले बुझेको थिएन । उहाँ बिस्तारै कुरा गर्दै हुनुहुन्थ्यो र म हो हो भन्ने कोसिस गरिरहेको थियो। अचानक मलाई लाग्यो कि उहांको टाउको माथि बत्ती बालिरहेको छ। यो देखेर म डराए र उहाँलाई बचाउन कुदे। यो देखेर बुबाले नोकरलाई भन्नुभयो कि यसलाई लिएर जाउ यो पा-गल भयो। आज यो घटना सम्झिन्छु तब लाग्छ कि बुबालाई कस्तो भयो होला।
एकअर्को इन्टरभिउमा भनेका थिए ,”एक पटक मैले हि-रोइन लिएको थिए र सुत्न गए। भोक लागेर उठ्दा मैले नोकरलाई केहि खानेकुरा मागे। मलाई देखेर नोकरले भने कि तपाई दुई दिनपछि उठ्नुभएको छ। सबैले मेरो चिन्ता गरेको थियो। जब मैले आफ्नो अनुहार ऐनामा हेरे तब मेरो अनुहार सुकेको थियो। म बुबा भएको ठाउँमा गएर मलाई बचाउन भनेको थिए। “
त्यसपछि संजयले भने ,”तीन हप्तासम्म अस्पतालमा भर्ती भए र उपचार भयो। अमेरिकाको एक रि-हेब सेंटर गए। उपचार गरेर २ वर्षपछि इन्डिया फर्किए। म फर्किएर आएको कसैलाई थाहा थिएन । जब म घर पुगे तब नोकरले भने कि तपाईलाई कोहि भेट्न चाहन्छ। उ मेरो ड्र-ग पेडलर थियो । उसले मलाई भन्यो कि नयाँ माल आएको छ। त्यही समय मैले तय गर्नु थियो कि मैले के गर्नु छ। मैले उसलाई लखेटे र त्यस दिन मलाई आभास भयो कि मैले ड्र-ग्सको जंग जितिसके।”