शरीर स्वास्थ्य राख्नको लागि खान-पानमा ध्यान दिन अत्यन्त आवश्यक हुन्छ। विशेषगरि रातको समयमा खानाको विशेष ध्यान राख्न निकै जरूरी हुन्छ। आयुर्वेदमा पनि खान-पानको बारेमा उल्लेख गरिएको छ। आयुर्वेदमा स्वास्थ्य रहनको लागि थुप्रै उपाय बताइएको छ। यसमा खान-पानको बारेमा पनि बताइएको छ। यस्तोमा राति के सेवन गर्न हुन्छ र के सेवन गर्न हुँदैन त ?
दही
रातको समयमा दही सेवन गर्नु हुँदैन। रातमा दहीको सेवन गर्नाले रुघा, खोकी जस्ता समस्या निम्त्याउन सक्छ। तपाई रातमा दहीको सट्टा महि खान सक्नुहुन्छ।
दूध
रातमा सधैं कम फ्याट भएको दूध पिउनु पर्छ। राम्रोसँग उमालेको दूध सेवन गर्नु स्वास्थ्यको लागि राम्रो हुन्छ भने चिसो दूध सेवन गर्नु हुँदैन। तातो र कम फ्याट भएको दूध सजिलै पच्छ।
रातको समयको खानमा स्वास्थ्यको लागि फाइदा गर्ने मसलाको मात्र प्रयोग गर्नुपर्छ जस्तै दालचिनी, सौंफ, मेथी, इलाइची, इत्यादि।
प्रोटिन युक्त भोजन
रातको समयमा प्रोटिनयुक्त खाना खानु राम्रो हुन्छ। बेलुकाको खानामा दाल, हरियो तरकारीहरू सामेल गर्न सक्नुहुन्छ। रातमा हल्का र स्वस्थ खाना खानुहोस्।
कम मात्रामा भोजन गर्नुहोस्
रातको समयमा धेरै मात्रामा खाना खानु उचित हुँदैन। विशेषगरि मोटो मानिसले रातको समयमा धेरै भोजन गर्नु हुँदैन।