तस्बिर पोस्ट गरेकै कारण यी दम्पतिलाई सुनाइयो १६ वर्ष जेल र ७४ को-र्राको स-जाय!

पूरा विश्व नै हाल कोरोना भाइरस विरुद्ध लडिरहेको छ। यसैबीच, एक ईरानी दम्पतीले सामाजिक संजालमा फोटो शेयर गरे, जुन पछि हंगामा भयो। सामाजिक संजालमा फोटो पोस्ट गरेकै कारण इरानको अदालतले प्रभावकार अहमद मोईन शिराजी र उनकी पत्नी शबनम शाह रोखीलाई १६ बर्षको जेल र ७४ वटा को-र्राको स-जाय सुनाएको हो।

आफ्नो एक इन्स्टामा शिराजीले हालै भनेका थिए कि उनी र उनकी श्रीमती बिरूद्ध सामाजिक संजालमा अ-श्‍ली’ल पोस्ट गर्ने र नैतिक भ्र-ष्टाचार फैलाएको आरोप लगाइएको छ। अहिले यो जोडी टर्कीमा बस्छन्। २०१९ मा उनीहरुले इरान छोडे र यो स-जाय उनीहरुको अनुपस्थितिमा सुनाइएको हो।

यस मामलामा शिराजीले भनेका थिए कि उनीहरुलाई इरानको अदालत कुनै पनि हालतमा दोषी साबित गर्न चाहन्छन। उनले इरान पनि यहि कारणले छोडेको बताए। शिराजीको इन्स्टामा करिब १५ लाख फलोअर छन्। उनलाई नौ वर्षको जेल स-जाय सुनाइएको थियो जबकि उनकी श्रीमतीलाई ७ वर्षको जेल स-जाय र ७४ को-र्रा र तीन महिना बिना ज्याला मजदूरी गर्नु पर्ने स-जाय सनाइएको हो। यस दम्पतीलाई उनीहरुको वकिलको माध्यमबाट यस स-जायको बारेमा थाहा भएको थियो।

प्रकाशित : शुक्रबार, साउन ३०, २०७७१३:४८

संसारकै यस्ता ७ आलिशान जेल, जहाँ कै-दीहरुलाई मिल्छ होटेल भन्दा राम्रो सुबिधा!