एजेन्सी, अहिले संसारभर कोरोना भाइरसको त्रास बढिरहेको छ । चीनको वुहान प्रान्तबाट सुरू भएको यो भाइरस अहिले संसारभर फैलिएको छ । त्यस्तै अन्तराष्ट्रिय संचार माध्यमको अनुसार हालै ब्राजिलमा कुखुराको मासुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
खबर अनुसार चीनबाट ब्राजिलकाे शेन्जेनको लंगग जिल्लामा आयात गरिएको कुखुराको मासुमा कोरोना पोजेटिभ देखिएको हो । कोरोना भाइरसको संक्रमण कुखुराको पखेटामा पत्ता लागेको हो ।
विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य अधिकारीहरूले खानाको माध्यमबाट भाइरस सर्ने सम्भावना कम हुने बताए पनि अहिले सबै सम्बन्धित उत्पादनहरू बन्द गरिएको छ । साथै उत्पादनको साथ सम्पर्कमा आएकाहरुलाई तुरून्तै परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ३२ लाख नाघ्यो!
ब्राजिलमा कोरोना भाइरस (कोभिड(१९) बाट सङ्क्रमित हुने मानिसको संख्या ३२ लाख नाघेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार बिहीबार रातिसम्म यहाँका ३२ लाख २४ हजार ८७६ जना नागरिक कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।
स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३२ लाख नाघेको र पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा ६० हजार ९१ नयाँ सङ्क्रमित फेला परेका छन् । त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १ लाख नाघेको जनाइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले यहाँ यो महामारीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ५ हजारभन्दा बढी देखिएको छ ।
अधिकारीहरुले पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसबाट १ हजार २६२ जनाको मृत्यु भएको बताएका छन् । ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुनहरु खोल्ने तयारी गरिरहेको बताइएको छ । यस अवस्थामा ब्राजिलमा कोरोना भाइरसका सक्रमितको संख्या झन् बढ्न थालेको हो ।
रियो डि जेनेरियोमा भने केही बजार, पसल,बार र रेष्टुरेन्ट खुलिसकेको बताइएको छ । ब्राजिल विश्वमा कोरोना भाइरसबाट धेरै प्रभावित हुने मुलुकहरुमा पर्दछ ।