कुनै समय गल्लीमा पेन बेचेर ५ रुपैयाँ कमाउने जोनी अहिले छन कमेडीका बादशाह!

आजको समयमा जोनी लिभर भन्ने बित्तिकै धेरैको अनुहारमा आफैँ हाँसो आउँछ। भारतीय कमेडी जगतका नम्बर १ कलाकारमा पर्छन जोनी लिभर। करियरको सुरुवातमा उनी स्टेजमा स्ट्याण्ड अप कमेडी गर्थे।

जोनी लिभरको वास्तविक नाम जोन प्रकाश राव जनुमाला हो। जोनीरको जन्म आन्ध्र प्रदेशमा भएको थियो। उनका बुबा प्रकाश राव जनुमाला हिन्दुस्तान लीभर फ्याक्ट्रीमा काम गर्थे। जोनी आफ्ना भाइबहिनीहरू मध्ये जेठा हुन्। उनका दुई भाई र तीन बहिनीहरू छन्। उनको परिवार एकदम गरीब थियो। आर्थिक अवरोधका कारण उनले सातौं कक्षा पछि स्कूल छोड्नु परेको थियो।

अध्ययन छोडेपछि जोनी लिभरले परिवारलाई आर्थिक सहयोग गर्न गल्ली गल्लीमा बलिउड स्टारका नक्कल गरेर कलम बेच्थे। उनले दैनिक ५ रुपैयाँसम्म कमाउने गर्थे। पछि उनी हिन्दुस्तान लिभरमा काम गर्न थाले। कारखानामा काम गर्दा उनी आफ्नो अभिनय र कमेडीले मानिसहरूलाई हँसाउने गर्थे। त्यसैले उनले जोनी लिभर नाम पनि यहिबाट पाएका थिए। जोनी मिमिक्री गर्न माहिर थिए। उनी स्टेज शो गर्ने गर्थे। त्यस्तै एउटा स्टेज शोमा सुनील दत्तले उनलाई देखे र  जोनीलाई फिल्म ‘डर का रिश्ता’ मा लिए।

त्यसपछि उनले एक पछि अर्को सफलता प्राप्त गर्दै गए। जोनीले धेरै फिल्महरूमा सह-अभिनेताको रूपमा काम गरिसकेका छन्। दर्शकहरूले उनलाई कमेडी नायकको रूपमा अत्यन्त रुचाएका छन्। उनका मुख्य चलचित्रहरूमा चलबाज, चमत्कार, बाजीगर, राजा हिन्दुस्तानी, जुदाई, यस मालिक, इश्क, आन्टी नं.१, दुल्हे राजा, कुछ कुछ होता है, अनाड़ी नं.१, कहो ना प्यार है, नायक, कभी खुशी कभी गम, फिर हेरा फेरी, गोलमाल ३, गोलमाल अगेन, हाउसफुल ४ आदि शामिल छन्।

प्रकाशित : शुक्रबार, साउन ३०, २०७७१०:५३

ड्र-ग्सको नशामा ९ वर्ष जिन्दगी बर्बाद गरेका संजयलाई अहिले क्या’न्सर, खुल्यो यस्तो रहस्य!