भोलि साउन ३१ गते शनिबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

कार्यक्षेत्रमा चुनौतीको सामना गर्नु पर्ने देखिन्छ। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ रहनेछ। व्यापार व्यवसायमा समय अनुकूल रहला। बौद्धिक तथा लेखन क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना रहेको छ। यात्राको योग बन्ने देखिन्छ। शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव गर्नुहुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

बोलीको कारण काम बिग्रन सक्छ, वाणीमा संयम राख्नुहोला। हातमा आएको अवसर गुमाउनु पर्ला, ध्यान राख्नुहोला। लेखन तथा कला क्षेत्रमा विशेष सफलता प्राप्त होला। नयाँ कार्य सुरु गर्नको लागि समय उतम छैन। मनमा नकरात्मक सोच उत्पन्न हुने देखिन्छ। खर्चमा वृद्धि हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको लागि यस दिन लाभदायक हुने देखिन्छ। आर्थिक लाभ प्राप्त हुनेछ। आफन्तजन तथा मित्रगणसँग भेट गर्ने अवसर मिल्नेछ। साथी-भाईबाट उपहार मिल्नाले मन प्रशन्न रहनेछ। उतम एवम स्वादिष्ट भोजनको अवसर मिल्ला। दाम्पत्य जीवन सुखमय रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। परिवारमा मनमु-टावको अवस्था सिर्जना हुने देखिन्छ। आमाको स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। खर्चमा वृद्धि हुनाले आर्थिक पक्ष कमजोर हुनेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। मनमा नकारात्मक भावना उत्पन्न होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको लागि यस दिन लाभदायक हुने देखिन्छ। स्त्री मित्रबाट विशेष लाभ प्राप्त हुने सम्भावना रहेको छ। पदोन्नतीको योग रहेको छ। आयमा वृद्धि हुने देखिन्छ। पत्नीबाट लाभ प्राप्त होला। दाम्पत्य जीवनमा सुमधुरता छाउनेछ। मानसिक तनाब बढ्नेछ। मित्रगणका साथ भेट हुने अवसर मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ कार्य सुरु गर्नको लागि समय अत्यन्त शुभ रहेको छ। व्यापार व्यवसायमा लाभ प्राप्त हुने देखिन्छ। पदोन्नतीको योग रहेको छ। बुवाबाट विशेष लाभ प्राप्त होला। परिवारमा सुख-शान्तमय वातावरण रहनेछ। सरकारी क्षेत्रबाट विशेष सफलता मिल्ला। स्वास्थ्य राम्रो रहनेछ। गृहस्थजीवन आनन्दपूर्वक बित्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

धार्मिक यात्राको योग बन्ने देखिन्छ। वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त हुनेछ। खर्चमा वृद्धि हुँदा आर्थिक पक्ष कमजोर रहला। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँग मदभेदको स्थिति आउनसक्छ। सन्तान सम्बन्धि कुराले मन चिन्तित रहन सक्छ। शत्रु तथा प्रतिस्पर्धीसँग सावधान रहन जरूरी छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन। आफ्नो वाणी र क्रोधमा संयम राख्नुहोला। खान-पानमा विशेष ध्यान दिनुहोला। यात्रा गर्दा विशेष सावधानी अपनाउनु होला। शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या आउनसक्छ। अनावश्यक झै-झगडाबाट टाढा नै रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

बौद्धिक तथा लेखन क्षेत्रमा विशेष लाभ प्राप्त हुने सम्भावना रहेको छ। विपरित लिंगी प्रति आकर्षण बढ्नेछ। स्वादिष्ट एवम उत्तम भोजन, नयाँ बस्त्र पाएर तपाईं प्रशन्न हुनुहुनेछ। साथी-भाईसँग भेटघाट गर्ने अवसर मिल्नेछ। सामाजिक मान-सम्मानमा वृद्धि हुनेछ। आर्थिक लाभ प्राप्त होला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यापार व्यवसायमा बिस्तार हुनेछ। आर्थिक लेन-देन गर्नको लागि पनि दिन शुभ रहेको छ। परिवारमा सुख-शान्तिको माहोल रहनेछ। आर्थिक लाभ प्राप्तिको योग रहेको छ। कर्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। स्वास्थ्य राम्रो रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

स्वास्थ्यमा समस्या आउनसक्छ, विशेषगरि पेट सम्बन्धि समस्या देखा पर्न सक्छ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम छैन। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। सन्तानको स्वास्थ्यलाई लिएर मन चिन्तित रहला। मानसिक तनाब बढ्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

शरिरीर तथा मानसिक स्फूर्तिको कमी रहनेछ। आफन्तजनको साथ मनमु-टावको स्थिति आउनसक्छ। आमाको स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। धनहा-नि हुने सम्भावना छ। स्त्री वर्ग र पानीबाट टाढा नै रहनुहोला। वाहन तथा घर-जग्गा खरिद बिक्रि गर्नको लागि समय उत्तम छैन।

प्रकाशित : शुक्रबार, साउन ३०, २०७७१४:२७

आज साउन ३१ गते शनिबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!