आजभोलीको व्यस्त जीवनशैलीका कारण कतिपय समय हामी आफ्नै शरीरको लागि पनि समय दिन सक्दौनौं। हामीसँग जिमसम्म जाने समय पनि हुँदैन। तर यी ५ व्यायाम दैनिक १५ मिनेट गर्ने हो भने १ महिना भित्र नै तपाईंको शरीर फिट बनाउँछ। यी सबै व्यायाम सजिलै आफ्नै घरमा गर्न सकिन्छ। यसको लागि तपाईंलाई मात्र खुल्ला ठाउँ र आरामदायी कपडाको आवश्यक पर्छ।
प्ल्यांक
पेट भुइँतर्फ राखेर जमीनमा सुत्नुहोस्। अब ९० डिग्री कोण बनाएर दुबै हात खुम्च्याउनुहोस्। त्यसपछि दुबै खुट्टाको औंला र हातको बलले शरीर जमीनबाट उठाउनुहोस्। पहिलो दिन ३० सेकेण्डको लागि यो मुद्रा कायम राख्नुहोस्। र दैनिक ५ सेकेण्ड बढाउँदै जानुहोस् तर २ मिनेट भन्दा बढी नगर्नुहोस्। तपाईंले आफ्नो पीठ जमीनसँग समानान्तर राख्नु पर्छ।
बर्ड-डग
दुबै घुँडा टेकेर बस्नुहोस् र दुबै हात पनि टेक्नुहोस्। अब आफ्नो बायाँ हात जमीनसंग समनान्तार हुने गरि अगाडि पट्टि तन्काउनुहोस् र दायाँ खुट्टा पनि जमीनसंग समानान्तर हुने गरि पछाडि पट्टि तन्काउनुहोस्। यहि मुद्रमा केहि सेकेण्ड रहनुहोस्। र केहि सेकेण्डपछि अब हात खुट्टा बदल्नुहोस्। ३ को गन्तिमा पालै-पालो हात खुट्टा बदल्नुहोस्। यो व्यायाम पहिलो दिन २० सेट गर्नुहोस्। र ५० सेट नपुगेसम्म दैनिक ५ सेट बढाउँदै जानुहोस्। हात खुट्टा तन्काउँदा सास बाहिर छोड्नु पर्छ।
पुस-अप
सबैभन्दा पहिला प्ल्यांकको आसनमा बस्नुहोस्। अब हात सिधा बनाउँदै शरीरलाई उठाउनुहोस्। त्यसपछि फेरी हात खुम्च्याउदै छातीले भुइँ छुनुहोस्। यसो गर्दा तपाईंको घुँडा, हिप र पीठ सिधा रहनुपर्छ। पहिलो दिन १० पुस-अपबाट सुरु गर्नुहोस् र दैनिक ४-५ सेट बढी गर्दै जानुहोस्।
स्क्वाट
तस्बिरमा जस्तै हात गोडा सिधा पारेर उब्बिनुहोस्। अब घुँडा खुम्च्याएर आधा बस्नुहोस्, यसो गर्दा तपाईंको हात थोरै बाङ्गो बनाएर अगाडि पट्टि हुनुपर्छ। अब उठ्नुहोस् र हात सिधा गर्नुहोस्। फेरी पहिलाकै आसनमा आउनुहोस्। अब यहि प्रक्रिया दोहोर्याउनुहोस्। १० सेटबाट सुरु गरेर ५० सेट नपुगेसम्म दैनिक ५ सेट बढाउँदै जानुहोस्।
हिप रेज
आफ्नो अनुहार आकाशतर्फ हुने गरि सुत्नुहोस्। अब दुबै घुँडा दोबारेर पैतालाले टेक्नुहोस्। तपाईंको हात हत्केला जमीनमा टेकाएर सिधा पार्नुहोस्। अब हातको बलले तस्बिरमा जसरी हिप माथि उचाल्नुहोस् र बिस्तारै सास लिँदै छोड्दै गर्नुहोस्। ५ सेकेण्डसम्म त्यहि मुद्रामा बस्नुहोस् र ५ सेकेण्डपछि सुरुवाती आसनमा फर्कनुहोस्। पहिलो दिन १५ सेट गर्नुहोस्। त्यसपछि दैनिक ५ सेट थप्दै जानुहोस्। ५० सेट भन्दा बढी नगनुहोला।