आफूमाथि एकोहोरो प्र-हार गर्ने र कुरा का’ट्नेलाई पल शाहले दिए यस्तो चे-तावनी!

काठमाडौँ,  साउन ३२। कोरोनाको महामारीको कारण  केहि समयको लागि म्युजिक भिडियो छायाँकनबाट रेस्ट लिएका  अभिनेता पल शाहले  शनिबार राति एक लामो स्टाटस लेखेका छन्। जसमा उनले आफुलाई नराम्रो बनाउने गरी कुरा का-ट्नेहरुलाई लक्षित गरि लेखेका छन्। पल शाहको स्टाटस जस्ताको तस्तै:

“अ-हंकारी मानिस समुन्द्रलाई तलाउ देख्छन् । तलाउमा ढुंगा हा’न्दा उत्पन्न हुने तरंग हेर्दै खुशी हुन्छन् । शान्त समुन्द्रको लहरसँग खेल्दै रमाइलो मान्छन् । शालिनताको फाइदा उठाउँदै आफ्नो खुशीको लागि अरुलाई प्र-हार गरिरहन्छन । फलस्वरूप समुन्द्रले भ-यंकर सुनामीको रुप लिन्छ । नि-र्मम बनेर वि’ध्वंस मच्चाउँछ । त्यसैले शान्त र शालीन छ भनेर कुनै मानिस माथी एकोहोरो प्रहार नगर्नुस् ।

भित्ताको त कान हुन्छ भन्छन्, आफू महान देखिन अरुको कुरा का-ट्दै नहिँड्नुस । किनकी तपाईको आँखाले प्रदुषित तलाउ देखे पनि वास्तवमा त्यो तपाईलाई निमेष भरमै सिध्याउन सक्ने समुन्द्र हुन सक्छ । जसले तपाईको हैसियत सम्झाउने मात्र होइन बिर्सन नसक्ने धक्का पनि दिन सक्छ । चेतना भया ।”

प्रकाशित : आइतबार, साउन ३२, २०७७०८:४७

क्रिकेटर धोनीको सन्यासपछि सुशान्तको यस्तो भिडियो भयो भाइरल-[भिडियो]