कोरोना महामारीको यस समयमा हरेक मान्छे तनावग्रस्त छन्। कोरोनाले हाम्रो लाइफस्टाइल पुरै बद्लिएको छ। यस बद्लिएको लाइफस्टाइलको कारण हाम्रो कामकाजमा पनि परिवर्तन आएको छ ।लाइफस्टाइलमा आएको परिवर्तनमा हामी धेरै सोच्न बाध्य भयौ। धेरै सोच्नाले हाम्रो दिमाखमा निकै असर पर्छ। धेरै सोच्नाले , टेन्सन लिनाले वा तनाव लिनाले दिमाख पुरै प्रभावित हुन्छ। मानसिक तनावको कारण डिप्रेशन वा माइग्रेशनको सिकार हुन्छौ र यस चीजको असर मान्छेहरुको मुडमा पनि पर्छ। तनावको कारण मान्छेहरु धेरै कराउने र रिसाउने गर्छन्। आफ्नो यस समस्याले मान्छेहरु छुट्टाछुट्टै तरिकाले यसलाई सही गर्ने कोसिस गर्छन्। कहिले आफुलाई व्यस्त राख्ने र कहिले यसबाट टाढा भाग्ने छुट्टै बाटो खोजिरहन्छन्।
डिप्रेशन र माइग्रेनबाट बचाउनको लागि यो कुरामा ध्यान दिनुहोला।
खुलेर हास्नुहोस् –
खुलेर हास्नु स्वास्थ्यको लागी निकै राम्रो हो र यसले स्ट्रेसलाई टाढा राख्छ।यसका साथै यो कर्टिसोल लो गर्नलाई सहयोग गर्छ जसले दिमाखमा एंडोमर्फिन केमिकल रिलीज हुन्छ। यसबाट तपाईको तनाव टाढा हुन्छ। त्यसैले तपाई कुनै कमेडी शो हेर्न सक्नुहुन्छ वा ति व्यक्तिहरुसँग कुरा गर्नुहोस जसले तपाईलाई हसाउछ।
मन खोलेर डान्स गर्नुहोस –
डान्स गर्नाले स्ट्रेसलाई टाढा राख्छ। तनावलाई टाढा राख्नको लागि आफ्नो मनपर्ने गीतमा खुलेर नाच्नुहोला। यस्तो गर्नाले मुड फ्रेश हुन्छ।डान्स गर्नाले तपाईको शरीरमा ब्लड सर्कुलेशन बढ्छ। डान्स गर्नाले तपाई खुशी र पोजिटिभ रहनुहुनेछ। डान्स गर्नुको साथै गीत पनि सुन्नुहोला। ह्यापी म्युजिक सुन्नाले तपाईको हार्ट रेट नर्मल रहन्छ।
योग गर्ने बानी राख्नुहोला –
स्ट्रेस र टेंशनलाई टाढा गर्नको लागि योगा गर्नुहोला। योगा गर्नको लागि सधैँ शान्त ठाउँ खोज्नुहोला र त्यहाँ बसेर ओमको जप गर्नुहोला। सधैँ योगा गर्नाले तनाव टाढा हुनुको साथै स्वास्थ्य राम्रो रहनेछ।
आफुलाई व्यस्त राख्नुहोला –
तनाव वा स्ट्रेस हुनाले एक्लै बस्न मन पराउनुहुन्छ तर ध्यान राख्नुहोला यस्तो गर्नाले समस्या धेरै बढ्नेछ। आफ्नो परिवारर साथीसँग समयबिताऔनुहोल। जे तपाई फिल गर्नुहुन्छ त्यसलाई शेयर गर्नुहोला। जसबाट तपाईले हल्का महसुस गर्नुहुन्छ र हाल पनि भेट्नुहुन्छ।
हेल्दी लाइफस्टाइल अपनाउनु –
डिप्रेशन र माइग्रेनबाट छुटकारा पाउनको लागि सही लाइफस्टाइल रोज्न जरुरी छ। स्ट्रेस फ्री रहनको लागि समयमा उठ्नुपर्छ र हेल्दी डाइट राख्नुपर्छ। आफ्नो लाइफस्टाइल सही बनाउनुहोस , बिहान सबेरै उठ्नुहोस र त्यसपछि योगा र उद्धरण गर्नुहोस। पौष्टिक खाजा लिन नभुल्नुहोला र भोजनमा पौषक तत्व राख्नुहोला।