काठमाडौँ : सामाजिक सञ्जालमा एक भिडियो भाइरल भईरहेको छ, जुन भिडियो हेर्नुभएमा तपाईले आफ्नो हाँसो रोक्न सक्नुहुनेछैन। भिडियोमा तपाई स्पष्ट देख्नसक्नुहुन्छ कि बिरालो र बच्चाबीच गहिरो दोस्ती छ। सानो बच्चा बिरालोलाई एकदम माया गर्छ अनि बिरालोले पनि बच्चामा आफ्नोपन महसुस गरेको देख्न सकिन्छ।
बच्चा र बिरालो बीच घनिष्ट सम्बन्ध छ, जसकारण उनीहरु एक-अर्कासँग खेलिरहन्छ। तर एकदिन बच्चामा दिमागमा केही बदमासी गर्ने विचार आउँछ। र बिरालोलाई काखमा लिएर बाथटबमा फ्याक्न लिएर जान्छ। त्यहाँ अरु थुप्रै मान्छेहरु पनि आफ्ना बच्चाहरुसँग हुन्छन्।
त्यतिबेला बिरालोलाई आफ्नो साथीको हाउभाऊ देखेर उ सतर्क हुन्छ। जब बच्चाले बिरालोलाई बाथटबमा फ्याक्न खोज्छ त्यतिबेला बिरालो बाठो भएर उछिटिएर टाप कस्छ तर बच्चाले भने आफ्नो शारीरिक सन्तुलन गुमाउँछ र बाथटबमा चुर्लुम्म डुब्न पुग्छ। भिडियो अत्यन्तै मजेदार छ। अरुको कुभलो सोच्ने मानिसको भलो कहिल्यै हुँदैन भन्ने कुरा यो भिडियो हेरेर महसुस गर्न सकिन्छ । कर्माले अवश्य पाठ सिकाउँछ। र कर्माले कुनै उमेर भन्दैन।
भिडियो हेर्नुहोस् :
Karma doesn’t see age… pic.twitter.com/R39OotYTjR
— Susanta Nanda (@susantananda3) August 1, 2020