सुशान्त सिंह राजपूतको मृत्यु भएको दुई महिना भन्दा बढी भईसकेको छ। अहिले चौतर्फी रुपमा सुशान्तले न्याय पाउनुपर्ने माग भईरहेको छ। यस मामिलामा सुरु देखि नै चासो दिईरहेका भाजपा नेता तथा सांसद सुब्रमण्यम स्वामीले फेरी पनि एक पटक न्यायको माग उठाएका छन्।
सुब्रमण्यम स्वामीले भने – न्याय नमिलेसम्म रोकिनुहुन्न
सुब्रमण्यम स्वामीले आइतवार आफ्नो ट्वीटर ह्याण्डलमा लेखेका छन् – ‘सुशान्त सिंह राजपूतको ह-त्या बलिउड, मुम्बई प्रहरी र महाराष्ट्र सरकारको लागि वाटरलू र वाटरगेट हो। मैले जस्तै तपाई पनि सिट बेल्ट बाँध्नुहोला। उडान भरिनेवाला छ। हामी तबसम्म हार मान्दैनौँ जबसम्म न्याय मिल्दैन।’
सुब्रमण्यम स्वामीले गरेका थिए सीबीआई जाँचको माग
सुब्रमण्यम स्वामीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि पत्र लेखेर सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानको जिम्मा सीबीआईलाई दिनुपर्ने माग राखेका थिए। उनले सुशान्तका फ्यान्सलाई पनि अनुरोध गरेका थिए कि जसलाई सुशान्तको मृत्यु शंकास्पद लाग्छ तिनले आफ्नो इलाकाको सांसदलाई र प्रधानमन्त्रीलाई पत्र लेखेर माग राख्नुहोला।
सुब्रमण्यम स्वामीको दाबी – सुशान्तको ह-त्या भएको हो।
सुब्रमण्यन स्वामी ट्वीटमार्फत सुशान्तको ह-त्या भएको दाबी गरेका थिए र उनले यस कुरालाई साबित गर्नका लागि २६ पोइन्ट्स पनि दिएका थिए। ती पोइन्ट्सहरुमा सुशान्तको पोजिसन, कोठामा एन्टी-डिप्रेसेन्ट ड्रग्स पाउनु, आँखा बाहिर ननिस्कनु, मुखबाट फिज ननिस्कनु, जिब्रो बाहिर ननिस्कनु लगायत इत्यादी।
वाटरगेट काण्ड
अमेरिकाका राष्ट्रपति निक्सनले आफ्नो राजनीतिक प्रतिद्वन्दीको कार्यालयमा हुने कुराहरुलाई निजी स्वार्थको लागि रेकर्ड गरेका थिए। लामो कानूनी प्रक्रियापछि अमेरिकाको सर्वोच्च न्यायालयको आदेशपछि निक्सनले सबै टेपहरु फिर्ता गर्नुपरेको थियो वाटरगेट काण्डको खुलासा १७ जुन, १९७२ मा भएको थियो।
वाटरलू युद्ध
वाटरलू युद्ध १८ जुन १८१५ मा लडिएको थियो। नेपोलियनको यो अन्तिम युद्ध थियो जहाँ एकतर्फ फ्रान्स थियो भने अर्कोतर्फ ब्रिटेन, रुस, प्रशा, आस्ट्रिया, हंगरीका सेना थिए। युद्धमा हारेपछि नेपोलियनले आत्मसमर्पण गरेका थिए।