अन्य देशमा घट्दै, भारतमा बढ्दै: एक मिनेटमै ४० देखि ६० जना सम्म संक्रमित थपिँदै !

काठमाडौँ – विश्वकै बढी कोरोना भाइरस संक्रमित रहेका मुलुक ब्राजिल र अमेरिकामा संक्रमित संख्या घटिरहेका बेला भारतमा भने संक्रमितको संख्या लगातार बढिरहेको छ।

भारतमा पछिल्ला केहि हप्ता देखि दैनिक ५० हजार भन्दा बढी संक्रमित फेला परिरहेका छन्। पछिल्लो तथ्यांक हेर्दा भारतमा एक मिनेटमै ४० देखि ६० जना सम्म संक्रमित फेला परिरहेको देखिएको छ।

बितेको २४ घण्टामा त्यहाँ विश्वकै बढी ५८ हजार १ सय ८ कोरोना संक्रमित फेला परेका छन्। यो संख्या ब्राजिल भन्दा साढे २ गुणा बढी हो। बितेको २४ घण्टामा अमेरिकामा करिब ३६ हजार ५ सय र ब्राजिलमा २२ हजार ३ सय मात्रै संक्रमित फेला परेका छन्। केहि हप्ता यताको ग्राफ हेर्दा भारतले कोरोना संक्रमित संख्यामा ब्राजिललाई समेत पछि पार्ने देखिएको छ।

भारतमा अहिले सम्म २६ लाख ४७ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परिसकेका छन्। जुन ब्राजिल भन्दा करिब ७ लाख कम हो। दैनिक हालकै दरमा संक्रमित बढ्दै जाने हो भने भारतले आउने केहि हप्तामै ब्राजिललाई पछि पार्न सक्छ।

यस्तै भारतमा बितेको दिन विश्वकै बढी संक्रमित ९ सय ६१ जनाको ज्यान गएको छ। जससँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५१ हजार नाघेको छ।

भारतजा करिब १९ लाख १८ हजार कोरोना संक्रमित निको भइसकेको अवस्था छ भने सक्रिय संक्रमित संख्या ६ लाख ७८ हजार मात्रै छ।

प्रकाशित : सोमबार, भदौ ०१, २०७७०३:४१

ट्वीटरमा ‘भारुराम’ भर्सेस ‘डलरमणि’: रन्जु दर्शनले भनिन् -‘बाबुराम भट्टराईको योगदान भुल्नु हुँदैन’