काठमाडौँ – सुनको मूल्य आज पनि घटेको छ। लगातार बढ्दै नयाँ-नयाँ रेकर्ड बनाएको सुनको मूल्य गत हप्ता देखि घटिरहेकोमा आज पनि प्रतितोला २ सय रुपैंयाले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य २ सय रुपैंयाले घटेर ९८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार तेजाबी सुनको मूल्य पनि २ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य ९७ हजार ७ सय रूपैयाँ कायम भएको छ। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढिरहेका बेला केहि घटेसँगै नेपालमा पनि सुनको मूल्य केहि घटेको महासङ्घले जनाएको छ । सुनको मूल्य गत साउन २३ गते अहिले सम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यस दिन सुन प्रतितोला १ लाख ३ हजार ५ सयमा कारोबार भएको थियो। जसपश्चात सुनको मूल्य घट्दै साउन २८ गते ९५ हजार ४ सयमा झरेको थियो।