भदौ महिनाको पहिको हप्ता कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष राशि 

कार्यक्षेत्रमा सफलताको कमीले गर्दा मन चिन्तित रहनसक्छ। वरिष्ठ अधिकारीहरूको समर्थन प्राप्त हुनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। वाणीमा संयम राख्न जरूरी देखिन्छ। खान-पानमा विशेष ध्यान दिनुहोला। स्वास्थ्यमा समस्या आउनसक्छ। भाई-बहिनीसंगको सम्बन्ध  मजबूत हुनेछ साथै उनीहरुबाट भरपूर सहयोग मिल्नेछ।

वृष राशि 

यो हप्ता कार्यक्षेत्रमा उतार-चढावको स्थिति आउनसक्छ। कार्य परिवर्तन गर्न चाहनेहरुको लागि यो हप्ता उचित रहेको छ। दाजु-भाईबाट भरपूर सहयोग मिल्नेछ। धार्मिक कार्यमा आस्था बढ्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। विद्यार्थीको लागि यो हप्ता अत्यन्त शुभ रहेको छ। शत्रु पराजित हुनेछन्। धन लाभको योग रहेको छ।

मिथुन राशि 

कार्यक्षेत्रमा अत्याधिक व्यस्तताको कारण शारीरिक थकान बढ्नसक्छ। आध्यात्मिक क्षेत्रमा विशेष रुचि बढ्नेछ। पारिवारिक जीवन सामान्य रहनेछ। आमाको स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। सन्तानको पनि मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या आउनसक्छ। विद्यार्थी वर्गको लागि यो हप्ता चुनौतीपूर्ण रहनेछ। धन लाभ हुने योग रहेको छ।

कर्कट राशि 

आर्थिक पक्ष मजबूत रहनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ, ध्यान राख्नुहोला। खर्चमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। पदोन्नतीको योग रहेको छ। पारिवारिक जीवन सुखमय रहनेछ। सन्तानको स्वास्थ्यलाई लिएर मन चिन्तित रहन सक्छ। विद्यार्थी वर्गको लागि यो हप्ता अत्याधिक मिहेनत गर्नुपर्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ।

सिंह राशि 

पारिवारिक जीवनमा अशान्ति छाउन सक्छ। आमा-बुवाको स्वास्थ्यमा विशेष ख्याल राख्न जरूरी देखिन्छ। कार्यक्षेत्रमा विशेष सफलता प्राप्त हुने सम्भावना छ। सन्तानको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ। विद्यार्थी वर्गको लागि यो हप्ता अनुकूल छैन। अधिक व्यस्तताको कारण शारीरिक थकानको महशुस गर्नुहुनेछ।

कन्या राशि 

यो हप्ता तपाईंको जीवनमा विभिन्न उतार-चढावको स्थिति आउनसक्छ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। चाहेको कुरा पूरा हुँदा मन प्रशन्न हुनेछ। कार्यक्षेत्रमा परिवर्तन हुनसक्छ, जुन तपाईंको लागि लाभदायक साबित हुनेछ। पारिवारिक जीवन सुख-शान्तिमय रहनेछ। विद्यार्थीहरुको लागि यो समय अत्यन्त शुभ रहेको छ। अत्याधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर रहनेछ।

तुला राशि 

पारिवारिक जीवनमा सुख-शान्ति कायम रहनेछ। कार्यक्षेत्रमा समय केहि प्रतिकूल हुनसक्छ। बुवाको स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ। मानसिक तनाब बढ्नेछ। साथी-भाईको भरपूर सहयोग मिल्नेछ। खर्चमा वृद्धि हुनेछ। कलात्मक क्षेत्रबाट विशेष लाभ प्राप्त हुने देखिन्छ। विद्यार्थी वर्गको लागि यो हप्ता सामान्य रहनेछ।

वृश्चिक राशि 

व्यस्तताको कारण शारीरिक थकानको महशुस हुनेछ। खान-पानमा विशेष ध्यान दिन जरूरी देखिन्छ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। धन लाभको योग रहेको छ। सन्तान सम्बन्धि कुराले मन चिन्तित रहन सक्छ। विद्यार्थीहरुको लागि यो हप्ता शुभ छैन। सामाजिक क्षेत्रमा तपाईंको संलग्न बढ्नेछ साथै सामाजिक मान-सम्मानमा वृद्धि हुनेछ।

धनु राशि 

परिवारमा सुख-शान्तिमय वातावरण रहनाले मन प्रशन्न रहनेछ। दाजु-भाईको भरपूर सहयोग प्राप्त हुनेछ। आमाको स्वास्थ्यमा विशेष ध्यान दिन जरूरी छ। मानसिक तनाब बढ्न सक्छ। विद्यार्थी वर्गको लागि समय शुभ रहेको छ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। पदोन्नतीको योग रहेको छ।

मकर राशि 

व्यापार व्यवसायमा विशेष सफलता प्राप्त हुने देखिन्छ। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ। पारिवारमा अशान्तिको माहोल रहन सक्छ। आमा-बुवाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। कार्यक्षेत्रमा केहि उतार-चढावको स्थिति आउन सक्छ। खर्चमा वृद्धि हुनेछ। विद्यार्थी वर्गलाई शिक्षा क्षेत्रमा राम्रो परिणाम प्राप्त हुनेछ।

कुम्भ राशि 

स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। खान-पानमा विशेष धान दिनु पर्ने देखिन्छ। यात्राको योग बन्नेछ। सवारी-साधनको प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। भाई-बहिनीबाट भरपूर सहयोग मिल्नेछ। पारिवारिक जीवन सुखमय रूपले बित्नेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। धन लाभ हुने सम्भावना रहको छ। विद्यार्थी वर्गको लागि पनि समय राम्रो रहनेछ।

मीन राशि 

कार्यक्षेत्रमा अधिक परिश्रम गर्नु पर्नेछ। खर्चमा वृद्धि हुनेछ। यात्राको योग बन्नेछ। धन लाभको योग रहेको छ। व्यापार व्यवसायमा विशेष लाभ प्राप्त हुने सम्भावना रहेको छ। पारिवारिक जीवनमा केहि तनाब रहन सक्छ। सन्तानको स्वास्थ्यलाई लिएर मन चिन्तित रहला। विद्यार्थी वर्गको लागि यो हप्ता त्यति राम्रो छैन। दाजु-भाईको भरपूर सहयोग मिल्नेछ।

प्रकाशित : सोमबार, भदौ ०१, २०७७१२:५३

भदौ महिना यी राशिलाई धेरै शुभ ! हेर्नुहोस् मासिक राशिफल !