राउल जिमेनेजलाई रोनाल्डोको सुझाव – ‘युनाइटेड होइन युभेन्टस आउनु’

एजेन्सी – युरोपका शिर्ष लिगहरु सकिएसँगै अहिले खेलाडीहरुको ट्रान्सफरले बजार तातिएको छ। युरोपका सम्पूर्ण क्लबहरु आफ्ना-आफ्ना रोजाईका खेलाडी भित्राउने र आफ्ना खेलाडी महँगोमा बेच्न रणनीति बुनिरहेका छन्। सन् २०१९-२०को सिजनमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु कुन क्लब जान्छन् भन्ने कुरा चासोकै विषय छ।

यसै बीच यति बेला वुल्भर हेम्प्टनका राउल जिमेनेजको ट्रान्सफरको कुराले धेरैको ध्यान तानिरहेको छ। राउल माथि अहिले विशेतः म्यानचेस्टर युनाइटेड र युभेन्टसको नजर छ। उनी माथि लिभरपुलले समेत चासो देखाएको बताइन्छ। तर, युनाइटेड र युभेन्टसले उनलाई अलि बढी नै प्राथमिकतामा राखेका छन्।

राउल जिमेनेजको ट्रान्सफरलाई लिएर युभेन्टसका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले समेत चासो देखाएका छन्। राउलले युनाइटेड भन्दा युभेन्टस रोज्नु बुद्धिमानी हुने उनको सुझाव छ। जिमेनेज युनाइटेडसँग सम्झौता नजिक रहेको खबर आइरहेका बेला रोनाल्डोको किसिमको भनाई आएको ग्याजेटा डेल्लो स्पोर्टले जनाएको छ।

वुल्भर हेम्प्टन अहिले राउललाई अन्यत्र पठाएर केहि आर्थिक लाभ बटुल्ने योजनामा छ। उसले राउलको ठाउँ लिने खेलाडी समेत भेट्टाइसकेको बताइन्छ। सार्वजनिक मिडिया रिपोर्टका अनुसार, पोर्चुगलका पालिन्हो राउलको ठाउँमा ल्याउने वुल्भर हेम्प्टनको योजना छ।

लगातार दुई सिजन उत्कृष्ट प्रदर्शन गरेका राउल ५६ खेलमा २६ गोल गरेका थिए। मेक्सिकन राउललाई वुल्भस्ले लिस्बन क्लब स.एल. बेन्फिकाबाट ल्याएको थियो।

प्रकाशित : सोमबार, भदौ ०१, २०७७०७:५५

लुकाकु र मार्टिनेज चमकदा इन्टर मिलानको सानदार जित !