वर्षा ऋतुमा चिसो,रुघा-खोकी जस्ता समस्याले हामीलाई चाँडै समात्छ। यस परिवर्तित मौसममा तपाइँलाई चिसो र नाक बग्ने समस्याहरू सुरू हुनसक्छ। विशेष गरी बच्चाहरूलाई प्रारम्भिक रूपमा यो समस्याले छिटै समात्छ। यस्ता समस्याल अन्य रोगहरू पनि निम्त्याउन सक्छ। यस्तोमा एक साधारण उपायले यस्ता समस्याबाट छुटकारा दिलाउछ।
सामाग्री
-रातो प्याज
-मह
-कचौरा
-फ्रिज
तरिका
सबैभन्दा पहिला एउटा रातो प्याज छिलेर काट्नुहोस्। अब प्याजको हरेक टुक्रामा राम्रोसंग मह लगाउनुहोस्। त्यसपछि, मह लगाएका प्याजको टुक्रालाई एक रातको लागि फ्रिजमा राख्नुहोस्। बिहान फ्रिजबाट निकालेर आधा घण्टाको लागि छोड्नुहोस्। अब यसको तापक्रम सामान्य भएपछि खानुहोस् र कचौराको तल बसेको मह पनि खानुहोस्। एक पटकको प्रयोगमै तपाईंको रुघा-खोकी, चिसोबाट राहत मिल्छ र नाक बग्ने समस्या पनि निदान हुन्छ।