वाग्मती प्रदेशसभाकी उपसभामुखमा कोरोना सङ्क्रमणको पुष्टि !

वाग्मती – वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित भएकी छन् । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उनको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा प्रदेश सभाकी उपसभामुख राधिका तामाङ रहेकी छन् ।

हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गरे। हेटाँैंडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेकी छन् ।

कोरोना सङ्क्रमण पुष्टि भए पनि उनका सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिवले जनाएका छन् । उनीसँगै मकवानपुरमा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

प्रकाशित : सोमबार, भदौ ०१, २०७७१०:४५

काठमाडौँमा उपत्यकामा थपिए १६८ संक्रमित, देशभर ५८१ जना थपिए !