काठमाडौँमा उपत्यकामा थपिए १६८ संक्रमित, देशभर ५८१ जना थपिए !

काठमाडौँ – सोमबार काठमाडौँ उपत्यकामा १ सय जना भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप १६८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। सोमबार पुष्टि भएका नयाँ संक्रमितहरु काठमाडौँका १३९ जना, ललितपुरका १५ जना र भक्तपुरका १४ जना रहेको डा. जागेश्वर गौतमले बताए।

देशभर थपिए ५ सय बढी संक्रमित

पछिल्लो २४ घण्टामा नेपालभर थप ५८१ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यति व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७ हजार २४१ जना पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त भएका छन्। जससँगै कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १७ हजार ४९५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर १५ हजार १ सय ९८ जना क्वारेन्टाइनमा छन्।

प्रकाशित : सोमबार, भदौ ०१, २०७७११:००

एसईईको नतिजा सार्वजनिक