भोलि भदौ २ गते मंगलबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

खान-पानमा विशेष ध्यान दिनुहोला। स्त्री र पानीबाट टाढा नै रहनुहोला। तपाईंको स्वाभिमानमा ठेस पुग्न सक्छ। मनमा ग्लानिको भावना रहनेछ। विद्यार्थी वर्गको लागि दिन सामान्य रहनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

साहित्य तथा कलाक्षेत्रमा सफलता मिल्नेछ। यात्राको योग बन्ने देखिन्छ। परिवारको साथ आनन्दमय समय बित्नेछ। आर्थिक मामलामा ध्यान दिनुहोला। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सोचेको काम पूरा हुँदा मन प्रशन्न रहनेछ। आर्थिक लाभ प्राप्त हुने देखिन्छ। कार्यक्षेत्रआमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। साथी-भाईसंगको भेटले दिन आनन्दमय रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

यात्राको योग रहेको छ। साथीहरुबाट उपहार पाएर तपाईंको मन प्रशन्न रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव गर्नुहुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

शारीरिक अस्वस्थताको अनुभव हुनेछ। वाणीमा संयम राख्नुहोला। खर्चमा वृद्धि हुनाले आर्थिक समस्या आउनसक्छ। स्त्री वर्गबाट नोक्सान हुने सम्भवन छ। मनमा नकारात्मक भावना उत्पन्न होला। कानुनी चक्करबाट टाढा नै रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

प्रिय व्यक्तिसंगको भेटले मन प्रशन्न रहनेछ। धन लाभ मिल्ने सम्भावना छ। दाम्पत्य जीवन सुखमय रूपले बित्नेछ। सामाजिक मान-सम्मान बढ्नेछ। अग्रज तथा साथीहरुको साथ तपाईंको दिन आनन्दमय रूपले बित्नेछ। यात्राको योग रहेको छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। पदोन्नतीको योग रहेको छ। उच्च पदाधिकारी तपाईंसंग प्रशन्न रहनेछन्। परिवारमा हर्षोल्लासको वातावरण रहनेछ। आमाबाट लाभ मिल्नेछ। सरकारी क्षेत्रमा सफलता प्राप्त हुने देखिन्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या आउनसक्छ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। कार्यक्षेत्रमा उच्च पदाधिकारीसंग मदभेदको अवस्था सिर्जना हुनसक्छ। परिवारमा मनमुटावको स्थिति आउनसक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

यस दिन नयाँ कार्य सुरु नगर्नुहोला। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ, खासगरि पेट सम्बन्धि समस्या आउनसक्छ। खर्चमा वृद्धि हुनाले आर्थिक पक्ष कमजोर रहला। वाणी तथा क्रोधमा संयम राख्नुहोला। पानीबाट टाढा नै रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

स्वादिष्ट तथा उत्तम भोजनको अवसर मिल्ला। साथीहरुसंग यात्रामा जाने अवसर मिल्नेछ। विपरित लिंगीसंग रमणीय समय बित्नेछ। सामाजिक मान-सम्मानमा वृद्धि हुनेछ। धन लाभको योग रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। व्यापारमा बिस्तार हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक  स्फूर्तिको अनुभव हुनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। बिमार व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छ। खर्चमा वृद्धि हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

साहित्य क्षेत्रमा विशेष सफलता मिल्नेछ। विद्यार्थी वर्गको लागि यस दिन अत्यन्त शुभ छ। शारीरिक अस्वस्थताको अनुभव हुनेछ, पेट सम्बन्धि समस्या आउनसक्छ। प्रेम सम्बन्धमा सुधार आउनेछ। मानसिक तनाब बढ्नेछ। मन चिन्तित रहला।

प्रकाशित : सोमबार, भदौ ०१, २०७७१२:४८

भदौ महिनाको पहिको हप्ता कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !