पहिला रेखासँग विवाह गर्न चाहान्थे बलिउडका यी चर्चित खान, पछ्याउथे साइकलमा !

एजेन्सी, सलमान खान बलिउडको प्रेम कहलिन्छन् । निकै हिरोइनसंग उनको प्रेम कहानीको चर्चा चल्ने गर्दछ  । फिल्मी पर्दामा पनि उनले निकै रोमान्टिक क्यारेक्टर निभाए तर के तपाईलाई थाहा छ कि सलमानको  पहिलो पटक कोसंग प्रेम भएको थियो । सलमानकी पहिलो प्रेमिका थिइन् रेखा । १२ बर्षका सलमानलाई भएको थियो रेखासंग प्रेम ।

बिग बोसमा रेखाले यस कुराको खुलासा गरेकी थिइन् । रेखा सलमानको शोमा आफ्नो फिल्म प्रोमोट गर्न आएकी थिइन् । रेखाले जब सलमानलाई उनको पहिलो प्रेमबारे याद दिलाइन् त निकै कुराहरु अगाडी आएको थियो । रेखा जब जगिङ्ग गर्थिन् त सलमान उनको पछाडी-पछाडी साइकल चलाउदै पछ्याउने गर्दथे । तब सलमानले पनि कबुलेका थिए कि उनि रेखाको प्रेममा यति मग्न थिए कि यदि उनि विवाह गर्छन् त मात्र रेखासंग गर्छन् ।

रेखाको निम्ति उनले योगा क्लास पनि जोइन गरेका थिए । त्यस बेला रेखा तब सलमान खानकी छिमेकी थिइन् र उनि जहाँ  जाने गर्दथिन् सलमान उनलाई पछ्याउदै त्यहिँ  पुग्ने गर्दथे ।

प्रकाशित : सोमबार, भदौ ०१, २०७७१२:१५

सुशान्त बारे पूर्व प्रवन्धकले गरे सनसनीपूर्ण खुलासा !