महाभारत हिन्दू धर्मको एक महत्वपूर्ण ग्रन्थमा पर्छ। आजसम्म पनि महाभारत यु-द्धका धेरै रहस्य छन् जसको बारेमा थोरै मानिसलाई मात्र थाहा होला। के तपाईंले सोच्नु भएको छ कि महाभारतको यु-द्ध किन कुरुक्षेत्रमा भएको थियो, के हो त यसको रहस्य ?
कुरुक्षेत्रको भूमिलाई भगवान श्री कृष्णले महाभारतको यु-द्धका लागि छान्नुभएको थियो, तर किन उनले महाभारत यु-द्धका लागि कुरुक्षेत्रलाई छनौट गरे, यसको पछाडि एउटा गहिरो रहस्य छ। धर्मशास्त्रका अनुसार, जब महाभारतको यु-द्धको फैसला भएको थियो, यु-द्धको लागि भूमि खोजी सुरु भयो। भगवान् कृष्ण यस यु-द्धको माध्यमबाट पृथ्वीमा बढ्दो पापहरू हटाउन चाहनुहुन्थ्यो र धर्म स्थापना गर्न चाहनुहुन्थ्यो।
धार्मिक विश्वासका अनुसार महाभारतको यु-द्ध हुनु अघि कृष्णलाई डर थियो कि कौरव र पाण्डवहरूले यु-द्धमा भाइ-भाइ बीचको यु-द्ध देखेर एक आपसमा सम्झौता गर्छन् कि भन्ने। यस कारणले गर्दा, उहाँले यु-द्धको लागि यस्तो ठाउँ छान्ने निर्णय गर्नु भयो जहाँ पर्याप्त क्रोध र द्वेष होस्। भगवान श्री कृष्णले यसका लागि आफ्ना सन्देशवाहकहरू सबै दिशामा पठाउनु भयो र उनीहरूलाई सबै क्षेत्रको घटनाहरूको जानकारी लिन आग्रह गर्नुभयो।
यस्तोमा कृष्णका एक दुतले कुरुक्षेत्रमा एक दाजुले आफूले आदेश दिएको काम नगर्दा आफ्नै भाईलाई रिसले चक्कु प्रहार गरेर ह-त्या गरेको घटना सुनाए। जब श्रीकृष्णले यो घटना सुन्नुभयो उहाँले निर्णय गर्नुभयो कि यो भूमि भाइ-भाई, गुरु-चेला र आफन्त बीचको यु-द्धको लागि उपयुक्त छ। भगवान कृष्ण कुरुक्षेत्रको भूमिको बारेमा पूर्ण रूपले विश्वस्त भए कि यहाँ भाइहरू बीचको यु-द्धमा प्रेम उत्पन्न हुँदैन। त्यसपछि कृष्णले कुरुक्षेत्रमा महाभारतको यु-द्ध हुने घोषणा गर्नुभयो।