कोरोनाबाट थप जनाको मृत्यु !

सांकेतिक तस्विर

राँझा – बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति थप एक जनाको मृ-त्यु भएको छ ।

फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको गए राति मृ-त्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार गए राति ११.४० बजे उपचारकै क्रममा उनको मृ-त्यु भएको हो । साउन ३० गतेदेखि कोरोनाको लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको कोरोना परीक्षणमा सोमबार दिउँसो पोजेटिभको रिपोर्ट आएको थियो । मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

बाँकेमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । यसअघि नरैनापुर, बैजनाथ, कोहलपुरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृ-त्यु भएको थियो ।

प्रकाशित : मङ्गलबार, भदौ ०२, २०७७०४:१४

११ घण्टा भित्र कोरोनाका कारण पोखरामा दुई जनाको मृ-त्यु !