तामाको भाँडोमा झुक्किएर पनि नगर्नुहोस् यी चिजको सेवन !

तामाको भाँडोमा पानी पिउनु स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ। रातभर तामाको भाँडोमा पानी राखेर बिहान उठेर उक्त पानी पिउन सल्लाह दिइन्छ। तामाको भाँडोमा राखेको पानी पिउनु पेट, मिर्गौला, कालेजोको लागि अत्यन्त लाभकारी हुन्छ साथै पाचन प्रणाली पनि मजबूत बनाउँछ। तर केहि यस्ता चिज पनि छन् जसको सेवन तामाको भाँडोमा गर्नु स्वास्थ्यको लागि हानिकारक हुनसक्छ।

दूध,दही,पनीर

 

दुध, दही र पनीर तामाको भाँडामा खानु हुँदैन। तामाको भाँडोमा यी चीजहरूको सेवन गर्नाले स्वास्थ्यलाई हानी गर्छ। तामाको भाँडोमा यी चीजहरूको सेवन गर्दा फुड पोइजनिंग जस्तो समस्या हुनसक्छ।

मही 

महीको सेवन गर्नु स्वास्थ्यको लागि लाभदायक हुन्छ, तर यदि तपाईंले तामाको भाँडामा मही पिउनु भयो भने यसले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्छ। मही वा लस्सीलाई तामाको भाँडोमा राख्नु हुँदैन। कुनै दुग्ध उत्पादनहरू तामाको भाँडामा राख्नु हुँदैन।

अमिलो चिज 

अमिलो चीजलाई तामाको भाँडामा भण्डार गर्नु हुँदैन। यदि तपाईं तामाको भाँडामा राखिएको अमिलो चीजहरू खान्नुहुन्छ भने यसले तपाईंको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्छ। कसैले भेनेगर प्रयोग गरेको अचार, आँपको अचार, कागतीको अचार, जाम जस्ता चिज तामाको भाँडामा राख्न हुँदैन।

कागती पानी 

कागती पानी स्वास्थ्यको लागि लाभदायक हुन्छ, तर यदि तपाईंले यसको सेवन तामाको भाँडोमा गर्नुभयो भने, तपाईंको स्वास्थ्य बिग्रन सक्छ। तामाको भाँडोमा कागती पानी सेवन गर्नाले पेटको समस्या हुन सक्छ।

प्रकाशित : मङ्गलबार, भदौ ०२, २०७७१२:३१

सुत्दा तकिया नजिक राख्नुहोस् यी दुई चीज, चमत्कार हुनेछ !