बानेश्वरस्थित ‘बी एण्ड बी’ मिट शपमा २२ बोरा मरेको कुखुरा बरामद,!

काठमाडौँ, भदौ २ । मरेको कुखुरालाई ताजा मासुको रुपमा बिक्री गर्न लागेको आरोपमा काठमाडौंको भीमसेनगोला स्थित रहेको बी एण्ड बी मिटसपलाई कारवाही गरिएको छ । २२ बोरा मरेको कुखुराको  मासु बिक्रि गर्न लुकाएर राखिएको भेटिएपछि  नष्ट गरिएको हो  ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्तालाई गुणस्तरहीन मासु बिक्रीको आरोपमा उक्त पसलका संचालकलाई ३ लाख रुपैयाँ जरिवाना समेत गरेको छ । बानेश्वर प्रहरीले  विशेष सुराकीको आधारमा उक्त मीट मार्टमा  सोमबार पशु चिकित्सकको रोहबरमा निरिक्षण गरेको थियो ।

मंगलबार मरेको कुखुरा नष्ट गरेर  उक्त मीट मार्टलाई कालोबजारी ऐन अन्तर्गत थप कारबाही अघि बढाउनेछ ।

प्रकाशित : मङ्गलबार, भदौ ०२, २०७७११:३२

धुलिखेल अस्पतालमा एकको मृत्यु, परिवारका ७ जनामा कोरोनाको पुष्टि !