भाेलिदेखि काठमाडाैं उपत्यकामा निषेधाज्ञा

काठमाडाैं – काठमाडाैं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू गरिएकाे छ।​ उपत्यकामा काेराेना संक्रमण बढ्दै गएपछि भाेलि बुधबारदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिएकाे हाे।

जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा बसेको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको बैठकले उपत्यकाका तीनै जिल्लामा कोरोना फैलिएको निष्कर्ष सहित एक हप्ताको लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको बताइएको छ।

निषेधाज्ञा लागू भएपछि बुधबारबाट अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन् भने उपत्यकामा चल्दै आएका सार्वजनिक यातायातका साधन पनि चल्न पाउने छैनन्।

साथै उक्त अवधिमा खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सवारी भने गर्न पाइने छन्। यस्तै निषेधाज्ञा लागू भएपछि सर्वसाधारणको आवतजावत पनि बन्द हुनेछ।

दैनिक संक्रमणका सबै रेकर्ड तोडियो !

नेपालमा अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित भेटिएका छन्। मंगलबार देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट अहिले सम्मकै बढी कोरोना संक्रमित फेला परेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एकै दिन एक हजार १६ जना संक्रमित फेला परेका छन्। मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले यति संख्यामा संक्रमित फेला परेको बताए। गत माघमा चीनबाट फर्किएका पहिलो संक्रमित भेटिए यताकै सबैभन्दा धेरै आज संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ।

मंगलबार काठमाडौँ उपत्यकामा पनि अहिले सम्मकै बढी संक्रमित फेला परेका छन्। गौतमका अनुसार उपत्यकाका तीनै जिल्लामा गरी २ सय ५ जनामा काेराेनाको पुष्टि भएको छ।

काठमाडाैंमा मात्र १ सय सय ३८ संक्रमित थपिएको गौतमले बताए। भक्तपुरमा १७ र ललितपुरमा ५० जना संक्रमित थपिएका छन्। यस्तै प्रदेश २ काे जिल्ला सर्लाहीमा मात्रै एक सय ७ जनामा संक्रमित भेटिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म १७ हजार ५८० जना संक्रमित निको भएका छन् ।
उनीहरू देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर १० हजार ५ सय ६३ सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित : मङ्गलबार, भदौ ०२, २०७७१४:१९

राष्ट्रकविको अन्तिम गीतः आफू बितेपछि सार्वजनिक गर्न आग्रह ! [गीतशब्द सहित]