गर्भावस्थामा गर्भवती महिलाहरूलाई डाक्टरले फोलिक एसिड युक्त खाद्य पदार्थ खान आग्रह गर्छन्। फोलिक एसिड गर्भावस्थाको पहिलो महिनाबाट नै लिनुपर्छ। फोलिक एसिडले समयपूर्व डेलिभरीको जोखिमलाई पनि कम गर्छ, जस्तै ‘समयपूर्व जन्म’ र ‘गर्भपात’ जस्ता समस्या धेरै हदसम्म कम गर्छ। फोलिक एसिड गर्भावस्थामा सुपरफूड भन्दा कम हुँदैन। गर्भावस्थामा फोलिक एसिडका फाइदा के-के हुन् त?
फोलिक एसिडका फाइदा
फोलिक एसिड गर्भावस्थामा धेरै महत्त्वपूर्ण हुन्छ। यसको कारणले गर्भमा रहेको बच्चामा हृदय, मस्तिष्क र कुनै पनि आनुवंशिक रोग हुने सम्भावना हुँदैन। गर्भवती महिलाको शरीरमा भरपूर मात्रामा फोलिक एसिड छ भने बच्चाको दिमाग र मेरुदण्डको राम्रो विकास हुन्छ। गर्भधारणको एक वर्ष अघि देखि फोलिक एसिड सप्लीमेन्ट्स (शरीरमा फोलिक एसिड आपूर्ति गर्ने वस्तुहरू) को खपतले अकाल प्रसवको जोखिम ७० प्रतिशतसम्म कम गर्छ र गर्भपातको जोखिम कम गर्छ। फोलिक एसिड सेवन गर्दा बच्चामा न्यूरो ट्यूब दोष हुँदैन। गर्भधारण गर्नु भन्दा पहिले फोलिक एसिड लिनु प्रजनन शक्ति र भ्रूणको लागि राम्रो हुन्छ।
फोलिक एसिड युक्त आहार
एभोकाडोमा फोलिक एसिड भरपूर मात्रमा हुन्छ। गर्भावस्थामा महिलालाई धेरै फोलिक एसिडको आवश्यक पर्छ, त्यसैले एभोकाडो खानु निकै फाइदाजनक हुन्छ। पात भएको तरकारी, फलफूल, साग, सिमी, अन्न, दाल, सोयाविन उत्पादनहरू, अण्डा, आलु, गहुँको पीठो, बन्दा, बीटरुट, केरा, ब्रोकली जस्ता खानेकुरामा फोलिक एसिड भरपूर हुन्छ। । माछाहरू जसमा तेल हुन्छ (जस्तै हेरिंग, म्याकेरल, साल्मन र सार्डिनहरू) तपाईंको बच्चाको लागि लाभदायक हुन्छ।
कुन समयमा फोलिक एसिड सेवन गर्न सुरु गर्ने त ?
गर्भावस्थाको तेस्रो देखि चौथो हप्तामा जन्म दोष हुन्छ, त्यसैले यस समयमा शरीरमा फोलेट एकदम महत्त्वपूर्ण हुन्छ। बच्चाको दिमाग र मेरुदण्ड गर्भावस्थाको शुरुवाती चरणहरूमा विकास हुन्छ।
यदि तपाईं गर्भधारणको योजना गर्दै हुनुहुन्छ भने, तपाईंलाई डाक्टरले गर्भधारण अघि प्रीनटल भिटामिनको साथ फोलिक एसिड लिन सल्लाह दिन्छन्।