हरितालिका तीज: व्रत राख्दा यी मन्त्रको जप गर्नुहोस्, वैवाहिक जीवन सधैं सुखमय रहन्छ !

विवाहित महिलाका लागि हरितालिका तीजको उपवास अत्यन्त महत्त्व राख्छ। महिलाहरूले यस दिन श्रीमान् श्रीमतीको सम्बन्ध बलियो होस् र पतिको आयु लामो होस् भनेर उपवास राख्छन्। अविवाहित महिलाहरूले पनि यस दिन मनपर्दो जीवनसाथीको प्राप्तिको लागि व्रत राख्छन्।

यो विश्वास गरिन्छ कि पहिलो पल्ट हरितालिका तीजको व्रत माता पार्वतीले राख्नु भएको थियो र यस कारणले उहाँले श्रीमान्को रूपमा भगवान शिव प्राप्त गर्नुभयो। भगवान शिव र आमा पार्वतीको मिलन पनि तीजको शुभ अवसरमा भएको विश्वास गरिन्छ। यदि तपाईं पनि हरितालिका तीजको अवसरमा भगवान शिव र माता पार्वतीको आशीर्वाद प्राप्त गर्न चाहानुहुन्छ भने यी मन्त्रहरूको जप गर्नुहोस्।

माता पार्वतीलाई प्रशन्न पार्ने मन्त्र 

ॐ शिवाये नम:। ॐ उमाये नम:। ॐ पार्वत्यै नम:। ॐ जगद्धात्रयै नम:। ॐ जगत्प्रतिष्ठायै नम:। ॐ शांतिरूपिण्यै नम:।

भगवान शिवको आर्शिर्वाद प्राप्त गर्ने मन्त्र 

ॐ नम: शिवाय। ॐ हराय नम:। ॐ महेश्वराय नम:। ॐ शम्भवे नम:। ॐ शूलपाणये नम:। ॐ पिनाकवृषे नम:। ॐ पशुपतये नम:।

सुखी दाम्पत्य जीवन 

तीजको व्रत पूर्ण विधि, निष्ठा र विवेकका साथ पूरा गर्ने महिलाले असल जीवन साथी प्राप्त गर्छन् भन्ने विश्वास छ। त्यस्तै, विवाहित महिलाको आफ्नो वैवाहिक जीवनमा रहेको कठिनाई हट्छ र दाम्पत्य जीवन सुखमय रहन्छ।

प्रकाशित : बुधबार, भदौ ०३, २०७७१५:३३

महिला मात्र नभई पुरुषले पनि राख्दा हुन्छ तीजको व्रत ! यस्तो छ शास्त्रीय विश्वास…