चमकदार छालाको लागि राति सुत्नु अघि अपनाउनुहोस् यस्ता उपाय !

अहिलेको व्यस्त समयमा मानिसलाई आफ्नो छाला को ख्याल राख्न पनि समय हुँदैन। दिनभरको भागदौडको कारण छाला सम्बन्धि थुप्रै समस्या देखा पर्न सक्छ। तर बेलुका सुत्नु अघि केहि उपाय अपनाउनु भयो भने मात्र पनि तपाईंको छाला स्वस्थ र चमकदार रहन्छ। यदि तपाइँ आफ्नो छाला सँधै चम्किरहेको र छाला सम्बन्धी सबै समस्याहरूबाट टाढा रहन चाहानुहुन्छ भने सुत्नु भन्दा पहिले यी कुराहरु गर्नु निकै फाइदाजनक हुन्छ।

पर्याप्त पानी पिउनुहोस् 

कतिपय समय पर्याप्त निद्रा पाएपछि पनि तपाईंको अनुहार थाकेको र उदास जस्तो देखिन्छ। त्यसैले छालामा प्राकृतिक चमकको लागि राति सुत्नु भन्दा आधा घण्टा अघि १ गिलास पानी पिउनुहोस्।

दूध र महको पेस्ट 

धेरै मानिसलाई डण्डीफोर र दाग-धब्बाको समस्या हुनसक्छ। त्यसको लागि राति सुत्नु अघि दूध र मह मिसाएर बनाइएको पेस्टको प्रयोग गर्नु निकै लाभदायक हुन्छ, जसले केहि दिनमै तपाईंको अनुहारमा रहेको दाग-धब्बा तथा डण्डीफोर हटाउन मद्दत गर्छ। त्यसको लागि काँचो दूधमा मह मिसाएर उक्त मिश्रणलाई अनुहारमा प्रयोग गरि १०-१५ मिनेटसम्म छोड्नुहोस।

पर्याप्त निन्द्रा 

सधैं ध्यानमा राख्नुहोस् कि हामी कम्तीमा पनि ८ घण्टा सुत्नु पर्छ  किनकि यसले पनि छालामा चमक ल्याउन महत्वपूर्ण भूमिका खेल्छ।

दही र महको फेस मास्क 

मह र दहीबाट तयार पारिएको फेस मास्कको प्रयोग गरि अनुहार र घाँटीमा हल्का हातले मालिश गर्नुहोस्। अब यसलाई १० मिनेटको लागि छोड्नुहोस् र त्यसपछि यसलाई सफा पानीले धुनुहोस्। दहीमा रहेको ल्याक्टिक एसिडले छाला सम्बन्धि समस्या हटाउन मद्दत गर्छ।

भिटामिन-ई क्याप्सुल र गुलाब जल 

भिटामिन-ई क्याप्सुल र गुलाब जलको मिश्रण तयार गर्नुहोस् र यसलाई अनुहार र घाँटीमा प्रयोग गर्नुहोस्। यसलाई आधा घण्टा पछि धुनुहोस्।  गुलाब जलले छालामा  रहेका फोहरलाई सफा गर्न र शीतलता दिन मद्दत गर्छ, जबकि भिटामिन-ई क्याप्सुलले अनुहारका दाग-धब्बा र डण्डीफोर हटाउन मद्दत गर्छ।

प्रकाशित : बुधबार, भदौ ०३, २०७७१५:२९

गर्भावस्थामा गर्भपातको जोखिम कम गर्न अत्यावश्यक छ यो तत्व, यस्ता चीजबाट पाइन्छ !