उत्तर कोरियाको आणविक सामर्थ्यलाई लिएर अमेरिकी सेना चिन्तित, तयार पार्यो यस्तो रिपोर्ट !

एजेन्सी – उत्तर कोरियाको सामर्थ्यलाई लिएर चिन्ता तथा चासो व्यक्त गर्ने अमेरिकी सेनाले उत्तर कोरियासँग ६० वटा सम्म आणविक ह-तियार रहेको बताएको छ। एक रिपोर्ट सार्वजनिक गर्दै अमेरिकी सेनाले उत्तर कोरियासँग ५ दर्जन सम्म आणविक ब-म रहेको र विभिन्न जैविक ह-तियार रहेको दावी गरेको हो।

बाहिरी देशहरुको उक्सावटमा देशभित्र हुने शासन पद्दति परिवर्तनको लागि हुन सक्ने चलखेललाई लिएर समेत उत्तर कोरियाले आफूलाई तयार आवस्थामा राखेको र त्यस्ता खालका कुनै पनि प्रयास भए दमन गर्ने गरी शक्ति संचय गरी राखिएको अमेरिकी सेनाको निष्कर्ष छ।

“अनुमान गरिए अनुसार उत्तर कोरियासँग २० देखि ६० सम्म आणविक ह-तियार छन्। साथै वार्षिक ६ वटा सम्म उत्पादन गर्न सक्ने क्षमता उससँग छ।”,अमेरिकी सेनाको रिपोर्टमा भनिएको छ। यस्तै उत्तर कोरियासंग विभिन्न रोग लगाएर ज्यान लिने विभिन्न किसिमका जैविक ह-तियार समेत रहेको अमेरिकी सेनाले दावी गरेको छ।

उत्तर कोरियाले विगत एक दशक भन्दा धेरै समय देखि आणविक परिक्षण गरिरहेको छ। त्यहाँ अहिले सम्म सन् २००६, २००९, २०१३ र २०१७ मा एक-एक आणविक परिक्षण तथा सन् २०१६ मा दुई परीक्षण गरिसकेको छ।

आणविक परिक्षणकै विषयलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पले किम जोङ उन सँग सन् २०१८ र २०१९ गरी ३ पटक भेटवार्ता गरिसकेका छन्। तर, ती भेटवार्ता उत्पादक हुन सकेन।

प्रकाशित : बुधबार, भदौ ०३, २०७७१२:३७

काभ्रेमा कोरोना सङ्क्रमितको संख्या सय नाघ्यो !