बार्साका नयाँ कोच कोमन भन्छन् – ‘मेस्सी बार्सिलानामै रहनेमा विश्वस्त छु’

गत साता यूइएफए च्याम्पियन्स लिगमा बार्यन म्युनिखसँग ८-२ को लज्जास्पद व्यहोरेसंगै क्लबका कप्तान लियोनल मेस्सीको भविष्य अनिश्चित भएको छ। उनले यसै सिजन क्लब छोड्न चाहेको पनि रिपोर्ट आइरहेको छ। सन् २००७-०८ देखि पहलो पटक उपाधि बिहिन बनेको बार्सिलोनामा मेस्स्सी अर्को सिजन हुन्छन् वा हुँदैनन् भन्ने चर्चा विश्वभर नै छ।

यसै बीच बुधबार मात्र क्लबका नयाँ प्रशिक्षक नियुक्त भएका रोनाल्ड कोमन भने मेस्सी बार्सिलोनामै बस्नेमा विश्वस्त रहेका छन्। बार्सिलोनाका मुख्य प्रशिक्षक घोषणा भएको लगत्तैको पत्रका सम्मेलनमा कोमनले आफूले मेस्सीलाई बार्सिलोनामा रहन मनाउनु नपर्ने बताए। कोमनले भने,”मेस्सी बार्सिलोनासंग अनुबन्ध छन् र उनी अझै पनि बार्सिलोनाकै खेलाडि हुन्।”

यो समयमा मेस्सीसंग कुरा गर्न जरूरी छ किनकि उनी क्लबको कप्तान हुन्। साथै अन्य खेलाडिसँग पनि कुरा गरेर केहि महत्वपूर्ण निर्णय लिन जरूरी छ तर मेस्सीको विषयमा भने आशा छ उनी अर्को सिजन पनि बार्सिलोना मै हुनेछन्।

मलाई लाग्दैन नि मैले मेस्सीलाई बार्सिलोनामा रहनको लागि मनाउनु पर्छ। उनी विश्वकै उत्कृष्ट खेलाडि हुन् र संसारको कुनै पनि क्लब उनी आफ्नो टोलीमा हुन् भन्ने चाहन्छन्, किनकि कोहि पनि उनको विपक्षमा खेल्न चाहँदैन। हरेक कोच मेस्सीसँग काम गर्न मन पराउँछन् र म पनि चाहन्छु उनीसंग बार्सिलोनामा संगै काम गर्न, कोमनले भने।

कोमनले बार्सिलोनासँग २०२२ सम्मको लागि मुक्य प्रशिक्षकको रूपमा नियुक्त भएका हुन्। २०१८ देखि नेदरल्यान्ड्सको राष्ट्रिय टोली सम्हाल्दै आएका कोमनले खेलाडीको रूपमा पनि सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनामा बिताएका थिए। उक्त अवधिमा उनले ४ लिग उपाधि र एक युरोपियन कप जितेका थिए। बार्सिलोनाको कोच भएसँगै उनले डच टोलीको प्रशिक्षकको पद भने छोड्ने भएका छन्। उनले यस अघि आज्याक्स,भ्यालेन्सिया,एभर्टन,साउथ ह्याम्प्टन जस्ता क्लबको प्रशिक्षकको रूपमा काम गरिसकेका छन्।

प्रकाशित : बिहिबार, भदौ ०४, २०७७१३:३२

‘मेस्सीले छाडे भने बार्सिलोनाले नाम फेरे हुन्छ’