यी हुन् बलिउडका सबैभन्दा भव्य र महँगा फिल्म सेट, मूल्य सुन्दा अचम्म लाग्नेछ ! [मूल्य सहित]

बलिउड फिल्मका अभिनेता-अभिनेत्री, कहानी जस्ता चिज त दर्शकलाई मन पर्छ नै तर कतिपय समय सबैभन्दा आकर्षक बन्यो फिल्म सेट। बलिउडमा त्यस्ता थुप्रै फिल्म छन् जसको सेट बनाउन करोडौं खर्च गरिएको थियो र चाहे फिल्म सफल भएको होस् र नहोस् तर फिल्मी सेटले सबैको मन लुटेको थियो।

देवदास


फिल्म निर्माता तथा निर्देशक संजय लीला भन्साली राम्रो कथाका साथै भव्य फिल्म सेटको लागि पनि चिनिन्छन्। फिल्म देवदास शाह रुख खान, ऐश्वर्या, माधुरी दिक्षितको फिल्मी जीवनको सर्वौत्कृष्ट फिल्म मध्य एक हो। देवदासको सेट डिजाइन गर्नको लागि ९ महिना लागेको थियो भने बनाउनको लागि २० करोड खर्च भएको थियो। चन्द्रमूखीको कोठा तयार पार्नको लागि मात्र लगभग १२ करोड लागेको थियो।

मुगल-ए-आजम


बलिउड इतिहासकै सर्वौत्कृष्ट मानिने फिल्म हो मुगल-ए-आजम सबै तरिकामा एक उत्कृष्ट फिल्म थियो। फिल्मको कहानीको साथै समय अनुसार यस फिल्मको सेट पनि शानदार थियो। फिल्मको गीत ‘प्यार किया तो डरना क्या’ को शुटिंग गर्नको लागि बनाइएको सेट तयार पार्नको लागि करिब २ वर्ष लागेको थियो। त्यस्तै एउटा गीतको लागि मात्र १० लाख खर्च गरिएको थियो।

कलंक


कारण जोहर निर्मित फिल्म ‘कलंक’ बक्स अफिस कलेक्सनमा फ्लप साबित भएको थियो तर पनि फिल्मको सेटको भने निकै तारिफ भएको थियो। खबर अनुसार फिल्म सेटको लागि मात्र कारण जोहर र साजिद नाडियाडवालाले अरिब १५ करोड खर्च गरेका थिए।

बाजिराव मस्तानी


संजय लीला भन्सालीको एउटा अर्को सफल फिल्म बाजिराव मस्तानी २३ वटा ठूला सेटका साथै गुजरातको आइना महलमा पनि सुट गरिएको थियो। खबर अनुसार फिल्मका सेट तयार पार्न मात्र ८ देखि ९ वर्षको समय लागेको थियो भने सेट र कलाकारको ड्रेसमा मात्र १४५ करोड खर्च गरिएको थियो।

बम्बे बेल्बेट


रणबीर कपूर, अनुष्का शर्मा, कारण जोहर अभिनित यस फिल्ममा निर्देशक अनुराग कश्यवले ६० को दशक देखाउने कोशिश गरेका थिए। फिल्मको कुल बजेट १२० करोड मध्य अधिकांश खर्च फिल्मको सेटमा लगाइएको थियो। ६० को दशकको मुम्बई देखाउनको लागि १ वर्षको समय लागेको थियो। यो फिल्म बलिउडमा फ्लप भएको थियो तर सेटको भने तारिफ भएको थियो।

प्रकाशित : बिहिबार, भदौ ०४, २०७७१३:३२

रअ एजेन्टको सनसनीपूर्ण खुलासा : सुशान्तको मृत्युमा अन्डरवर्ल्डको कनेक्सन ?