यदि तपाईं पनि वजन कम गर्नको लागि भनेर बिहानको नास्ता खाना छोड्नु भयो भने त्यो सहि उपाय हैन। नास्ता नखाँदा वजन कम हुने होइन। यदि तपाईंले आफ्नो नास्तामा सहि सामग्री सेवन गर्नु भयो भने मात्र तपाईं आफ्नो वजन कम गर्न सफल हुनुहुनेछ। तपाईंले बिहानको नास्तामा सही चिजको सेवन गर्नु भयो भने यसले दिनभर शरीरलाई उर्जा त प्रदान गर्छ नै वजन कम गर्न पनि मद्दत गर्छ। नास्तामा प्रोटिन सामिल गरेर वजन कम गर्न सकिन्छ। त्यस्तै यस्ता धेरै चिज छन् जुन हामीले आफ्नो नास्तामा सेवन गर्नबाट बच्नुपर्छ। बिहान नास्तामा यी चिजको सेवन नगर्नाले वजन कम गर्न निकै मद्दतगार हुन्छ।
फलफुलको जूस
फलफुलको जुसमा क्यालोरी बढी हुन्छ र प्रोटिन र फाइबर कम हुन्छ, जुन बिहानको नास्तामा हुन निकै जरूरी हुन्छ। त्यसैले यदि तपाईंलाई बिहान काली पेटमा फलफुलको जुस पिएर वजन कम हुन्छ भन्ने लाग्छ भने त्यो गलत हो।
क्यान्ड वा प्रोसेस्ड फूड
बिहानको समयमा तपाईंले यस्ता खानको सेवन गर्नबाट बच्नु पर्छ जुन प्याक्ड हुन्छ, जस्तै चिप्स, पपकर्न, स्न्याक्सका साथै अन्य ड्राइ फुडहरु।
केक वा बिस्कुट
प्राय: मानिस नास्तामा चिया वा कफीको साथमा केक, बिस्कुटहरु खान मन पाराउँछन्। तर यसमा तेल र फ्याट धेरै मात्रामा हुन्छ र प्रोटिन र फाइबर एकदम कम मात्रामा हुन्छ।
फ्राइड खाना
फ्राइड वा भारी खाना बिहानको समयमा नै खानु पर्छ ताकी दिउसोको समयमा सजिलै पच्छ। तर ती व्यक्ति जो आफ्नो वजन कम गर्न चाहन्छन् उनीहरुले बिहानको समय यस्ता खाना खानु हुँदैन।