भोलि तीजको दिन यी राशिलाई मिल्नेछ विशेष लाभ, चम्किनेछ तपाईको भाग्य !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

साहित्य तथा कलात्मक क्षेत्रमा रुचि बढ्नेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। आफन्तजन तथा मित्रगणसँग भेट गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारीसंग मनमुटावको अवस्था सिर्जना हुनसक्छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

धार्मिक कार्यमा उपस्थित हुने अवसर मिल्नेछ। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहेको छ। शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या आउनसक्छ। आमाको स्वास्थ्यमा पनि विशेष ध्यान राख्नुहोला। मनमा नकारात्मक भावना उत्पन्न होला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कार्यक्षेत्रमा विशेष सफलता प्राप्त हुने देखिन्छ।  भाग्य वृद्धिको योग रहेको छ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। आमाको स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। परिवारमा मनमुटावको स्थिति आउनसक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव गर्नुहुनेछ। भाई-बहिनीबाट विशेष लाभ प्राप्त हुने सम्भावना रहेको छ। परिवारमा तनावपूर्ण वातावरण रहनेछ। परिवारका सदस्यका साथ मदभेद हुनसक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको मनोबल तथा आत्मविश्वास बढ्नेछ। सरकारी क्षेत्रमा सफलता प्राप्त हुने देखिन्छ। स्वास्थ्य राम्रो रहनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। वाणी तथा क्रोधमा संयम राख्नुहोला। खर्चमा वृद्धि हुनाले आर्थिक समस्या आउनसक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

सामाजिक मान-सम्मान बढ्नेछ। तपाईंको मनोबल तथा आत्मविश्वास उच्च रहनेछ। अनैतिक कार्य गर्नबाट बच्नुहोला। अनावश्यक वाद-विवादबाट टाढा नै रहनुहोला। क्रोध तथा वाणीमा संयम राख्न जरूरी देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

व्यापार व्यवसायमा बिस्तार हुनेछ। यात्राको योग बन्ने देखिन्छ। मित्रबाट लाभ मिल्ने सम्भावना छ। परिवारमा सुखमय वातावरण रहनेछ। अनावश्यक वाद-विवादबाट टाढा नै रहनुहोला। शारीरिक तथा मानसिक अस्वस्थता रहला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

पदोन्नतीको योग रहेको छ। बुवाबाट विशेष लाभ प्राप्त हुने देखिन्छ। मित्र वर्गबाट पनि लाभ हुने सम्भावना छ। आर्थिक लाभ प्राप्तिको योग छ। व्यापार व्यावास्यमा समय अनुकूल रहनेछ। मान-प्रतिष्ठामा वृद्धि हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

धार्मिक कार्यमा उपस्थित हुने अवसर मिल्नेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारीबाट प्रोत्साहन मिल्नेछ। पदोन्नतीको योग रहेको छ। पारिवारिक जीवन सुखमय रहनेछ। क्रोध तथा वाणीमा संयम राख्न जरूरी देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या आउनसक्छ। आकस्मिक धन खर्च हुँदा आर्थिक समस्या आउनसक्छ। आफ्नो क्रोधमा संयम राख्न जरूरी देखिन्छ। धार्मिक आयोजनामा उपस्थित हुने अवसर मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव हुनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय शभ छ। दाम्पत्य जीवनमा मनमुटावको भावना सिर्जना हुनसक्छ। कानुनी चक्करबाट टाढा नै रहनुहोला। सामाजिक रूपले अपमानित हुनु नपरोस्, ध्यान राख्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। कार्यक्षेत्रमा समय अनुकूल नहोला। दाम्पत्य जीवनमा मनमुटावको अवस्था आउनसक्छ। सहकर्मीसंग थोरै सावधान रहनुहोला। कानुनी चक्करमा नपर्नुहोला।

प्रकाशित : बिहिबार, भदौ ०४, २०७७१३:२९

भोलि भदौ महिनाको पहिलो शनिबार, यी राशिलाई मिल्नेछ लाभ !