“संघीयताले विदाईको साइत कुरेर बसेको छ, सक्दो छिटो विदाई गरौं”

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता विदाको लागि साइत कुरेर बसेको टिप्पणी गरेका छन्।

बिहीबार विहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्ने क्रममा केसीले संघीयता विदाको लागि साइत कुरेर बसेको बताएका हुन्।

संघीयता भएपछि मान्छेलाई खान, लगाउन दुःख भएन भन्नु भ्रम हुन जाने उनको तर्क छ। सत्तामा लागेका र सत्ताको पछाडि दौडनेहरूले सबै शासनकालमा सुविधा भोग गर्न पाएपनि जनताले भने नपाएको भन्दै उनले दुख व्यक्त गरे।

“संघीयता भएपछि मान्छेलाई खान, लगाउन दुःख भएन भन्नु भ्रम हो ।सत्तामा लागेका र सत्ताको पछाडि दौडनेहरूले पञ्चायत शासनमा, प्रजातन्त्रमा सत्ता र शक्ति भएका सबैले सुविधा पाएका छन् । सुविधा नपाएको त सर्वसाधारण जनताले न हो ।”,अन्तर्वार्ताका क्रममा उनले भनेका छन्।

तपाईले संघीयताको विरोध गर्दागर्दै पनि हाम्रो देशमा संघीयता संस्थागत भयो । ३ तहको सरकार छ, देशमा । के भन्नुहुन्छ ? भन्दै गरिएको प्रश्नमा उनले संघीयताले विदाको लागि साइत कुरेर बसेको टिप्पणी गरे।

जिल्ला र प्रदेशमा सेवा सुविधा बढाउने र पार्टीका कार्यकर्ताहरूलाई जागिर खुवाउन संघीयताले सहज बनाएको उल्लेख गर्दै उनले संघीयतालाई सक्दो छिटो बिदा गर्नुपर्ने बताए।

उनले भने,”जिल्ला र प्रदेशमा सेवा सुविधा बढाउने र पार्टीका कार्यकर्ताहरूलाई जागिर खुवाउन सजिलो भएको छ । त्यसैले संघीयताले आफु विदा हुने साइत कुरेर बसेको छ । अरबमा टिकट काटेर कुरेर बसेका, भारतमा नेपालीहरू कयौँ यातनाहरू खपेर बसेकालाई थाहा होला, संघीयता । शक्तिमा बसेर जनताको समस्या समाधान नगर्ने अनि संघीयता सफल भयो भनेर भनेका छन् ।”

प्रकाशित : बिहिबार, भदौ ०४, २०७७१२:४२

“जोखिम रोक्न एक्सन, आधा मुलुक ठप्प”