हरितालिका तीजको दिन महिलाहरुले गर्नु हुँदैन यस्ता कार्य !

हरितालिका तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो । हरितालिका तीजको दिन  विवाहित महिलाहरु आफ्नो श्रीमानको लामो आयुको लागि व्रत बस्छन्। व्रत बस्ने बेला केहि नियमको पालना गर्नुपर्ने हुन्छ ।

 धेरै पटक महिलाहरु केहि  कार्यलाई बिर्सन्छन्। तीजको व्रत बस्ने महिलाले रिसलाई काबुमा राख्नुपर्छ। आफ्नो रिसलाई शान्त राख्नको लागि महिला आफ्नो  हातमा मेहेन्दी लगाउछिन्। जसले उनको मनलाई शान्त राख्छ।

मान्यता छ कि व्रत बस्ने महिलाले राति सुत्न  हुदैन।  पुरै रात महिलाहरु मिलेर भजन गर्दै रमाइलो गर्नुपर्छ।  यदि कुनै महिला राति सुत्छन् भने त्यो महिला अर्को जन्ममा अजिङ्गरको रुपमा जन्मिन्छन् ।

यस दिन घरको वृद्दलाई कुनै  पनि हानी हुने काम गर्नु हुदैन र उनीहरुलाई दुख दिनु हुदैन। यदि यस्तो गरेमा मान्छेलाई अशुभ   फल मिल्नेछ। निर्जल व्रतको बेला कुनै पनि महिलाले राति पानी पिएमा अर्को जन्म उनी सर्पको रुपमा जन्मिने  मान्यता रहेको छ।

-धार्मिक विश्वासमा आधारित

प्रकाशित : बिहिबार, भदौ ०४, २०७७१३:४९

यी ३ राशिका मानिसहरु अलि धेरै नै बोल्छन् झूट !