रअ एजेन्टको सनसनीपूर्ण खुलासा : सुशान्तको मृत्युमा अन्डरवर्ल्डको कनेक्सन ?

सुशान्त सिंह राजपूत केसमा लगातार नयाँ-नयाँ खुलासा र दाबीहरु हुँदै आइरहेका छन्। अहिले यस मामिलामा रअका पूर्व अधिकारीले सनसनीपूर्ण बयान दिएका छन्। रिसर्च एण्ड एनालाइसिस विङका पूर्व एजेन्ट एनके सूदले सुशान्तको केसमा अन्डरवर्ल्डको हात भएको दाबी गरेका छन्। उनले अपराधीले अत्यन्तै होशियारीपूर्वक काम गर्ने गरेको बताए। त्यसकारण यसतर्फ पनि ध्यान दिन आवश्यक छ। उनले नोकर र स्टाफको भूमिकामा पनि शंका गरेका छन्। उनले नोकर र स्टाफको सहायतामा ह’त्या गरिएको हुन् सक्ने भन्दै शंका व्यक्त गरेका छन्।

सुशान्त सिंह राजपूत केसमा सुप्रिम कोर्टको आदेश पछि यस केसको कमाण्ड अहिले सीबीआईको हातमा छ। यस मामिलामा गठित विशेष अनुसन्धान दल(एसआईटी) मा उच्च अधिकारी शामिला छन् जसले पहिले ठुला-ठुला काण्डहरुमा अनुसन्धान गरेका थिए। विजय माल्या, कोयला घोटाला, अगस्ता वेस्टल्याण्ड जस्ता थुप्रै हाईप्रोफाइल केस ह्याण्डल गरिसकेका उच्च अधिकारीहरु सुशान्तको केस ह्याण्डल गरिरहेका छन्।

गुजरात क्याडरका १९९४ का आईपीएस अधिकारी मनोज शशिधर यस केसको कमाण्ड सम्हालिरहेका छन्। उनको नाम प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको विश्वासिलो अफिसरको सूचीमा आउँछ। शशिधरले यस अघि विजय माल्या केस,  अगस्ता वेस्टल्याण्ड लगायतका जटिल केसको अनुसन्धान गरिसकेका छन्। आईपीएस अफिसर नूपुर प्रसाद पनि सुशान्तको केसमा शामिल छन्। उनी दिल्लीमा डिसीपी पदमा आसिन थिए। हालै मात्र उनलाई सीबीआईमा एसपी बनाईएको थियो। त्यस बाहेक बिहारबाट गगनदीप गम्भीर जस्ता अफिसर पनि यस केसमा शामिल छन्।

प्रकाशित : शुक्रबार, भदौ ०५, २०७७०५:०४

पहेलो शर्ट ड्रेसमा दिलबर गर्ल नोरा फतेहीको स्टनिंग लुक, हेर्नुहोस् तस्बिर