कोरोनाको नयाँ रुप: देखियो १० गुणा खतरनाक नयाँ प्रकार, बनिरहेका भ्याक्सिन प्रभावकारी नहुनसक्ने

मलेशियामा नयाँ प्रकारको कोरोना भाइरस देखा परेको छ। विशेषज्ञका अनुसार यो भाइरस सामान्य भन्दा १० गुना ज्यादा खतरनाक छ। यो भाइरसको प्रकार चीनको वुहानमा भेटिएको अहिलेसम्मकै घातक कोरोनाको प्रकार भन्दा पनि खतरनाक रहेको बताइएको छ।

इन्स्टिच्युट अफ मेडिकल रिसर्च(IMR) डी६१४जी(D614G) प्रकारको भाइरस पत्ता लगाएको हो। पहिलो पटक जुलाई मै देखा परेको भाइरस यति खतरनाक बताइएको छ कि विश्वभर तयार भइरहेको खोपले पनि कुनै असर नहुनसक्छ। धेरै अध्ययनका अनुसार यो प्रकारको भाइरसमा अहिले बनिरहेका कुनै पनि भ्याक्सिनको प्रभाव हुँदैन।

के हो त डी६१४जी(D614G) भाइरस


डी६१४जी(D614G) लाई कोरोना भाइरसको ‘G’ म्युटेशन पनि भनिन्छ। पहिलो पल्ट जनावरीमा देखा परेको यस स्ट्रेनले ‘L’ र ‘S’ भेरिएन्ट्स
पनि उत्पादन गरिरहेको छ। विज्ञहरूका अनुसार यसले श्वासप्रश्वासको प्रणालीमा बढी असर गर्छ र संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा खतरनाक रूपले फैलिन सक्छ।

१० गुणा अधिक संक्रमण


कोरोनाको यो प्रकारलाई सुपर स्प्रेडर पनि भनिन्छ। टिओईको एक रिपोर्ट अनुसार यो प्रकार अन्य प्रकारभन्दा अरु व्यक्तिमा १० गुणा छिटो फैलन सक्छ। यदि यो फैलन सुरु भयो भने नियन्त्रण गर्न निकै कठिन हुने विशेषज्ञको भनाइ छ। अहिलेसम्म D614G नामक म्यूटेड यस भाइरसको ३ वटा केस पत्ता लागेको छ। ४५ जनाको परिक्षण गर्दा यी नयाँ केस फेला परेको हो। तीन संक्रमित मध्य एक रेस्टुरेन्टका मालिक पनि छन् जो भारतबाट मलेशिया फर्केका थिए। उनलाई १४ दिने क्वारेन्टाइनको नियम उल्लङ्घन गरेकोमा ५ महिनाको जेल सजाय पनि सुनाइएको थियो।

प्रकाशित : शुक्रबार, भदौ ०५, २०७७१३:१५

के मास्क लगाउँदा शरीरमा बढ्न सक्छ कार्बनडाईअक्साइडको लेवल ? जान्नुहोस वास्तविकता