दुनियाको यस्तो आलिशान जेल, जहाँ कैदिको सुविधाको लागि खर्च हुन्छ वर्षेनी करोडौं !

जेलमा कस्ता समस्या र कठिनाईको सामना गर्नु पर्छ भने त सबैलाई थाहा नै होला। जेल भन्ने बित्तिकै प्राय: मानिसलाई कालो कोठा, खराब खाना जस्ता कुरा दिमागमा आउँछ। तर दुनियामा केहि यस्ता जेल पनि छन् जहाँ कैदिको लागि वर्षी नै करोडौँ खर्च गरिन्छ। त्यस्तै जेल मध्य पर्छ क्यूबामा अवस्थित ‘ग्वान्टानामो बे’ नामक जेल। यस जेलमा वर्षेनी कैदिको लागि करोडौं खर्च गरिन्छ। त्यसैको कारणले यो दुनियाको सबैभन्दा महँगो जेलमा पर्छ।

यो जेल ग्वान्टानामो खाडीमा अवस्थित भएकोले यसको नाम ग्वान्टानामो बे भएको बताइन्छ। अमेरिकी पत्रिका न्यू योर्क टाइम्सका अनुसार हाल यस जेलमा ४० कैदि छन् र उनीहरुकोलाई वार्षिक ९३ करोड खर्च गरिन्छ। यो जेलमा करिब १८०० सैनिक तैनाथ छन् र उनीहरुको लागि वर्षेनी करिब ३९०० करोड खर्च गरिन्छ।

अब तपाईं सोच्नुहोला कि आखिर जेलका कैदिहरुको लागि यस्तो सुरक्षा किन दिइन्छ त? किनकि यो जेलमा राखिएका कैदिहरु निकै खतरनाक छन्। मिडिया रिपोर्टका अनुसार ९/११ आक्रमणका मास्टर माइन्ड खालिद शेख अहमद पनि यहि जेलमा छन्।

गुवान्टानामो जेलमा तीन भवन, दुई खुफिया मुख्यालय र तीन अस्पतालहरू छन्। यसको साथसाथै वकिलहरूका लागि छुट्टै कम्पाउन्ड पनि बनाइएको छ, जहाँ कैदीहरू उनीहरूसँग कुरा गर्न सक्छन्। यस जेलका कर्मचारी र कैदीहरूले होटल जस्ता सुविधा मिल्छ। जेलमा कैदीहरूका लागि चर्च, जिम, प्ले स्टेशन र सिनेमा हल जस्ता सुबिधा उपलब्ध छन्।

पहिले गुवान्टानामो खाडीमा यूएस नेवी बेस थियो, तर पछि यसलाई डिटेन्सन सेन्टर बनाइयो। संयुक्त राज्यका तत्कालिन राष्ट्रपति जर्ज डब्ल्यू बुशले यहाँ एउटा कम्पाउन्ड बनाए जहाँ आतं-कवादीहरू राखिन्थ्यो। यस क्याम्पको नाम एक्स-रे राखियो।

प्रकाशित : शुक्रबार, भदौ ०५, २०७७१३:१३

दुनियाका ५ भयानक डरलाग्दा चित्रकलालाई अज्ञात ठाउँमा लुकाउन पर्यो ![कारण सहित]