यी ३ राशिका मानिसहरु अलि धेरै नै बोल्छन् झूट !

भनिन्छ यदि झूट कसैको हितको लागि हो भने त्यो झूट साँचो भन्दा पनि राम्रो मानिन्छ। तर परिस्थितिमा निर्भर गर्छ झूटो बोल्नुको उदेश्य। तर आजभोली प्राय: मानिस कुनै न कुनै कुरामा झूटो बोलेका हुन्छन्। कसैलाई हानि पुर्याउन वा आफ्नो फाइदाको लागि मात्र हैन मजाकको लागि पनि झूटो बोल्छन्। ज्योतिष शास्त्रका अनुसार १२ मध्य ३ राशिका मानिस अरु भन्दा बढी झूटो बोल्ने गर्छन्।

मिथुन राशि 

झूटो  बोल्ने मामलामा यस राशिका मानिसलाई निकै खतरनाक मानिन्छ। यिनीहरुलाई आफ्नो भावना अरुलाई देखाउन मन पर्छ र अरुलाई आफ्नो भावना महशुस गराउनको लागि जे पनि बोल्न सक्छन्। यो यिनीहरु आफैले सोचेर नगर्न पनि सक्छन् तर यिनीहरुको आफ्नो राशि र ग्रहको प्रभावले यस्तो गराउछ।

सिंह राशि 

सिंह राशिका व्यक्तिहरू आकर्षणको केन्द्र बन्न चाहन्छन्, यसका लागि यिनीहरु जे पनि गर्न तयार हुन्छन्। यिनीहरुलाई साथी बनाउन मन पर्छ तर त्यो पनि प्रायः झूटको आधारमा हुन्छ त्यसैले उनीहरूको सम्बन्ध स्थायी हुँदैन।

मीन राशि 

मीन राशिका मानिस अरुलाई त झूट बोल्दैनन् तर यिनीहरुलाई मन नपर्ने मानिसलाई भने झूट बोल्न कुनै पनि संकोच गर्दैनन्। यिनीहरु मित्रता र सम्बन्धहरूलाई धेरै महत्त्व दिन्छन्, त्यसकारण यी मानिस प्रायः आफ्ना नजिकका मानिसहरूसँग झूट बोल्दैनन्। यद्यपि, यिनीहरुको एक कमजोरी भनेको यदि कुनै सम्बन्धमा कुनै समस्या छ भने यिनीहरु सँधै आफू नै पिडित देखाउन चाहन्छन्। यसको लागि, यिनीहरु झूट बोल्न पनि पछि हट्दैनन्।

प्रकाशित : शुक्रबार, भदौ ०५, २०७७१३:१२

हामी किन शङ्ख बजाउँछौँ ? शङ्ख बजाउँदा हुन्छन् यस्ता धार्मिक एवं वैज्ञानिक महत्व !