के तपाईंले सुन्नु भएको छ माछाले पानी छोडेर जमीनमा आएर बसेको? भर्खरै गरिएको एक अनुसन्धानले पत्ता लगायो कि एक खास प्रजातिको माछाले जमिन छोड्न र जमिनमा बस्न थालेको छ। ‘ब्लेनिज’ नामक यस प्रजातिको माछाको विशेषता यो हो कि यी माछा धेरै पटक समुद्रबाट बाहिर निस्के र जमीनमा समय बिताए र बिस्तारै जमीनमा बस्ने कला सिक्न सके। ब्लेनिज नामक यी माछाहरु जमीनमै बस्न सक्षम भइसकेका छन्।
फंशनल इकोलोजीमा प्रकाशित एक अनुशन्धानको नतिजाका अनुसार ब्लेनिज प्रकारका माछा अब जमीनमा पनि बस्न लागेका छन्। अनुसन्धानको लागि सयौं ब्लेनिज माछाको डाटा संकलन गरियो। केहि माछा अझै पनि पानीमै बाँचिरहेका छन् भने कतिपय माछा अब जमीनमै बस्न सक्षम भएका छन् र पानीमा बस्न छाडिसकेका छन्। यद्यपि, वैज्ञानिकहरु माछामा आएको यो परिवर्तन बारेमा पत्ता लगाउने प्रयास गरिरहेका छन्।
यस अनुसन्धानका प्रमुख लेखक डा.टेरी ओर्डले भनेका थिए, ‘हाम्रो अनुसन्धानले यो पत्ता लगायो कि जब कुनै जीवले आफ्नो बासस्थान परिवर्तन गर्छ, उसको खानाको विविधता र व्यवहारको लचिलोपनबाट उसलाई फाइदा हुन्छ। तर प्राकृतिक छनौटको कारणले यस लचिलोपन कमजोर हुन थाल्छ। यसको मतलव उच्च विकसित प्रजातिहरूमा परिवर्तन गर्ने क्षमता कम हुँदै जान्छ वा उनीहरूको वासस्थानको वातावरणमा भएका परिवर्तनहरूको सामना गर्न कठिनाई हुन्छ।’