व्यापार गर्न छाताले ढाकियो मरण, भयो सर्वत्र आलोचना !

एजेन्सी – गत हप्ताको शुक्रबार ब्राजिल स्थित रसिफ शहरमा रहेको केयरफोर सुपरमार्केटमा एक कामदारको कार्यालय समयमै नि-धन भयो। सुपरमार्केट खुला रहेकै अवस्थामा हृदयघात हुँदा उनले सुपरमार्केट भित्रै ज्यान गुमाएका थिए।

त्यहाँ ज्यान गुमाउने व्यक्ति थिए, मोइजस सान्तोस थिए। ५९ वर्षीय मोइजस सान्तोस केयरफोर सुपरमार्केटको उक्त शाखामा सेल्स म्यानेजर थिए। प्राथमिक उपचारको व्यवस्था गरिएपनि उनको स्टोर भित्रै ज्यान गएको थियो। प्राण गइसकेको सान्तोसको शरीरलाई सुपरमार्केट भित्र जसरी राखियो, त्यसलाई लिएर सर्वत्र आलोचना भएको छ।

खासमा, व्यापारमा कुनै बाधा नहोस् भनेर सुपरमार्केटले सान्तोसको शरीरलाई छाताले ढाकि वरिपरी प्लाई राखेर छोपेको थियो। यसरी व्यापार गर्ने नाममा एक व्यक्तिको म-रणलाई अपमानित गरिएको भन्दै उक्त सुपरमार्केटको सामाजिक संजाल तथा इन्टरनेटमा आलोचन भइरहेको छ।

नि-धन भएका व्यक्तिकी पत्नीले उनको पूरा नाम मनोएल मोइजस काभलकान्टे भएको बताएकी छन् भने आफ्नो पतिको म-रणलाई अमानवीय रुपले लिइएको प्रति आक्रोश व्यक्त गरेकी छन्। “खासमा, मान्छेहरुलाई पैसा नै ठूलो हुने रहेछ।”,एक टेलिभिजनसँग कुराकानी गर्दै मोइजसकी पत्नीले भनेकी छन्।

सर्वत्र आलोचना भएपछि केयरफोर सुपरमार्केटले एक विज्ञप्ति निकालेर माफी मागेको छ। एक कर्मचारीको नि-धन पश्चात सुपरमार्केट बन्द गर्नुपर्नेमा त्यस्तो नगरिनु आफूहरुको गल्ती रहेको उसको स्वीकारोक्ति छ। आउने समयमा त्यस्ता गल्ती आफूहरु बाट नदोहोरिने र आउने समयमा त्यस्ता घटना भएको बखतमा तत्काल शाखा बन्द गरिने केयरफोर सुपरमार्केटले प्रतिवद्धता व्यक्त गरेको छ।

प्रकाशित : शुक्रबार, भदौ ०५, २०७७०९:०९

खेतमा भेटियो शंकास्पद खाल्डो, खोस्रेर हेर्दा उड्यो किसानको होशहवास !