भोलि भदौ महिनाको पहिलो शनिबार, यी राशिलाई मिल्नेछ लाभ !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक तथा मानसिक स्फूर्तिको महशुस हुनेछ। धन लाभको योग रहेको छ। मित्रगण तथा आफन्तजनसँग दिन आनन्दमय रूपले बित्नेछ। यात्राको योग बन्नेछ। धार्मिक कार्यमा उपस्थित हुने मौका मिल्नेछ। व्यापारमा विस्तार हुने देखिन्छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक तथा मानसिक रूपले स्वस्थ महशुस गर्नुहुनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम रहेको छ। धन लाभ मिल्ने सम्भावना छ। तपाईंको बोलीले मानिस प्रभावित हुनेछन्। अपेक्षा अनुसार कार्य सफलता भने नमिल्ना सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

स्वास्थ्यमा समस्या आउनसक्छ। अनावश्यक वाद-विवादबाट टाढा नै रहनुहोला। आमाको स्वास्थ्यमा पनि विशेष ध्यान दिन जरूरी देखिन्छ। स्त्री वर्ग र पानीबाट टाढा नै रहनु राम्रो हुनेछ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छ। मित्रगणसँग भेटघाट गर्ने अवसर मिल्नेछ। यात्राको योग देखिन्छ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। प्रिय व्यक्तिसँग को भेटले मन प्रशन्न रहनेछ। आर्थिक लाभ प्राप्त हुनसक्छ। सामाजिक मान-सम्मान बढ्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आर्थिक लाभ मिल्ने सम्भावना छ। परिवारमा सुखमय वातावरण रहेनछ। स्त्री मित्रबाट विशेष लाभ प्राप्त हुने देखिन्छ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। कार्यक्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

व्यापार व्यसायमा समय अत्यन्त शुभ रहनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। आर्थिक लाभ मिल्ने देखिन्छ। यात्राको योग बन्नेछ। दाम्पत्य जीवन सुखमय रूपले बित्नेछ। आफन्तजनबाट शुभ समाचार मिल्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शारीरिक तथा मानसिक अस्वस्थता महशुस हुनेछ। क्रोध तथा वाणीमा संयम राख्नुहोला। अनावश्यक वाद-विवादमा नपर्नुहोला। यात्रा गर्दा विशेष सावधान रहनुहोला। आफन्तजनसँग मनमुटावको स्थिति आउनसक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

कार्यक्षेत्रमा विशेष लाभ मिल्ने सम्भावना छ। यात्राको योग बन्नेछ। साथी-भाईबाट उपहार पाएर तपाईं प्रशन्न हुनुहुनेछ। वैवाहिक जीवनमा उत्तम खुसीको अनुभूति हुनेछ। उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। स्त्री मित्रबाट लाभ प्राप्त हुने देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मनमा परोपकारी भावना उत्पन्न हुनेछ। व्यापार व्यवसायमा समय शुभ रहनेछ। विशेष कारणवश यात्राको योग बन्नेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। पदोन्नतीको योग रहेको छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

बौद्धिक तथा लेखन क्षेत्रमा रुचि बढ्नेछ। नयाँ कार सुरु गर्नको लागि समय उत्तम छ। शारीरिक थकान तथा मानसिक तनाबको महशुस गर्नुहुनेछ। सन्तानको स्वास्थ्य चिन्ताको विषय बन्न सक्छ। आकस्मिक खर्च हुँदा आर्थिक पक्ष कमजोर रहला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

स्वास्थ्यमा समस्या आउनसक्छ। परिवारमा मनमुटावको अवस्था सिर्जना हुनसक्छ। क्रोध तथा वाणीमा संयम राख्न जरूरी देखिन्छ। अनैतिक कार्य गर्नबाट बच्नुहोला। अनावश्यक खर्च बढ्नाले आर्थिक समस्या आउनसक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

व्यापार व्यवसायमा समय अत्यन्त शुभ रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। नयाँ वस्त्र तथा वाहन सुख प्राप्त हुने देखिन्छ। रमणीय यात्रामा जाने मौका मिल्नेछ। साहित्य तथा कला क्षेत्रमा रुचि बढ्नेछ।

प्रकाशित : शुक्रबार, भदौ ०५, २०७७१३:०५

भोलि भदौ ८ गते सोमबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस दैनिक राशिफल !