काठमाडौँ उपत्यकामा थपिए १ सय ८२ संक्रमित !

काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० हजार नाघेको छ। शुक्रबार ८ सयजना भन्दा बढीमा कोरोनाको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० नाघेको हो।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर परीक्षणबाट ८ सय ३८ जनामा कोरोनाको पुष्टि भएको जानकारी दिए।

उनका अनुसार देश भर गरिएको १३ हजार ५७९ परीक्षणबाट यो संख्याका संक्रमित फेला परेका हुन्। नयाँ थपिने संक्रमितहरु मध्ये २ सय ९२ महिला र ५ सय ४६ जना पुरुषमा रहेको उनले जानकारी दिए। याे सँगै नेपालमा संक्रमित हुनेकाे संख्या ३० हजार ४८३ पुगेकाे छ।

काठमाडौँ उपत्यकामा थपिए १ सय ८२ संक्रमित !

शुक्रबार काठमाडौँ उपत्यकामा १ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट उपत्यकामा १ सय ८२ जनामा कोरोनाको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार सबै भन्दा धेरै काठमाडौँ जिल्लामा १ सय ४२ जना संक्रमित फेला परेका छन्।

यस्तै भक्तपुरमा १५ जना र ललितपुर जिल्लामा थप २५ जनामा कोरोनाको पुष्टि भएको उनले बताए।

प्रकाशित : शुक्रबार, भदौ ०५, २०७७१०:३९

नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो !